किर्कुक शहरलाई विद्रोहीबाट मुक्त गराउन सैन्य अपरेशन, तीन शहर घेरामा
इराकको टिक्रिट सहरमा करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट इस्लामिक स्टेट (आइएस) विरुद्ध जिहादीहरूलाई घेरा हालेर भीषण कारबाही सुरु गरेको छ । आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकलगायतका सहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ । सुरक्षाबल टिक्रिट, आद्–दावर र अल–आलाम सो घेरा लगाएको सैनिक स्रोतले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताएको जनाइएको छ । जिहादीद्वारा कब्जा गरिएका सहरहरू फिर्ता गर्ने यो एक महत्वपूर्ण कारबाही भएको इराकी प्रधानमन्त्री हैदर अल आबादीले बताउनुभएको छ । एक सैनिक अधिकारीका अनुसार सो कारबाहीका क्रममा सैनिक, प्रहरी आतङ्कवाद विरुद्धका इकाइ र सरकारको नियन्त्रणमा रहेका स्वयम्सेवीहरूको सहभागिता रहेका जनाइएको छ ।