काठमाडौं एयरपोर्टमा यसरी जोगाए पाईलटले २ सय २४ यात्रुलाई , विमानस्थल तीन घण्टाका निम्ति बन्द


Turkish२ सय २४ यात्रु लिएर काठमाडौंमा अवतरण गर्न लागेको टर्किश एयरको विमान फोर्स ल्याण्डिंग गरिएको छ । पटक पटकको प्रयत्नमा पनि विमानको चक्क बाहिर ननिस्केपछि चालकले फोर्स ल्याण्डिग गरेका थिए । ईस्तानबुलबाट काठमाडौंका लागि उडेको विमान विहान विहान करिब ७ बजे दुर्घटनाग्रस्त भएको हो । चालकले निकै सावधानीपूर्वक चक्का नै बाहिर ननिस्केको विमानलाई अवतरण गराउन सफल भएको यात्रुहरुले प्रतिक्रिया दिएका छन् । पहिलो पटक अवतरण गर्न खोज्दा विमानले भुई टेक्नभन्दा एक मिनेट अगाडि नै टेक अफ गरिएको थियो । यसपछि दुई चक्कर काठमाडौं वरिपरि लगाएको विमानले फेरि अर्को पटक प्रयास गरेको हो । तर, दोश्रो पटकमा पनि सफलता मिलेन । अहिले विमानस्थल तीन घण्टाका निम्ति बन्द गरेर विमानलाई अन्यत्र सार्ने काम भइरहेको छ । एक यात्रुले भनिन्, अनुभवी चालक नभएको भए आज फेरि नेपाली आकासमा अर्को दुर्घटनाको समाचार आफैं बन्नुपर्ने थियो । तर, अनुभव काम लाग्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?