सिरिया समस्याको समाधान गर्न रसियाले पहल गर्ने


putinरसियाले सिरियाको समस्याको समाधानका लागि पहलस्वरुप वार्ताको अयोजना गर्ने भएको छ । सिरियाका राष्ट्रपति बसार अल असाद र त्यहाँका विपक्षीहरुका बीच उहाँले आगामी अप्रिल महिनामा सो वार्ता गर्ने भएको बताइएको छ । यसअघि पनि तीन महिना अघि यी दुई पक्षका बीच वार्ता भएको थियो । तर सो वार्ता विना निष्कर्ष टुङ्गिएको र त्यसपछि भने कुनै वार्ताको पहल कतैबाट पनि भएको छैन । रसियाले आगामी अप्रिल महिनामा सो वार्ता गर्न लागेको अधिकारीहरुले जानकारी दिएका छन् । सो वार्तामा सहभागिता हुने वा नहुने बारेमा सिरियाली विपक्षीहरुको कुनै प्रतिक्रिया आएको छैन । तर पनि वार्तामा भने उनीहरु आउने जानकारी रसियाले दिएको छ । रसियाली विदेशमन्त्रालयका प्रवक्ता अलेक्जेण्डर लुकासभिचले भन्नुभयो– सिरियाका विपक्षीहरुको ठूलो सङ्ख्यामा प्रतिनिधित्व हुने छ । रसियाका उपविदेशमन्त्री गेनाडी गातिलोभले भन्नभयो– यसअघि गएको जनवरीमा भएको द्विपक्षीय वार्तामा सहभागिता नरहेको भए पनि यस पटक भने सिरियाली विपक्षीहरुले मस्को आउने बारेमा विचार विमर्श गरिरहेका छन् । सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गृहयुद्ध जारी रहेको छ । सो गृहयुद्धका कारण त्यहाँ कम्तीमा पनि दुई लाख नागरिकको ज्यान लिइसकेको छ । रसिया सिरियाका धेरै कममात्र विदेशी समर्थक राष्ट्रहरुमध्ये एक हो । उसले गरेको सो वार्ताको आह्वानलाई सिरियाली सरकारले भने स्वीकार गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?