नेपालबाट अष्ट्रेलियाको ग्रानभिल आइपुगेका अभिभावकहरुको गोकुलधाम भ्रमण


Nepaliअष्ट्रेलियामा आएका नेपाली अभिभावकहरु संगठित बन्ने क्रम जारी रहँदा ग्रानभिलमा पनि नेपाली अभिभावक समिति ग्रानभिल गठन भएपछि अहिले विभिन्न गतिविधि हुन थालेका छन् । यसैक्रममा ग्रानभिल नेपाली कम्युनिटी क्लव ग्रानभिल र अभिभावक समिति ग्रानभिलको सयुक्त आयोजनामा हन्टरभ्याली गोकुल फार्मको भ्रमण सम्पन्न भएको छ। ग्रानभिल र यस वरपर बसोबास गर्ने नेपालीका अभिभावकहरुले यस शैक्षिक भ्रमणमा ५४ जनाको सहभागिता रहेको जनाएका छन्। यस भ्रमणको संयोजन ग्रानभिल नेपाली कम्युनिटी क्लवले गरेकथियो। भजन किर्तन तथा धार्मिक बिचार आदान प्रदान गर्दै नेपालका बिभिन्न जिल्लाहरुबाट अष्ट्रेलिया आउनु भएका अभिभावकहरुले अहिलेसम्म आपूmहरुले भोगेका, देखेका अनुभवहरु साट्नुभएको थियो। गोकुल धाम ५०० हेक्टर जग्गामा फैलिएको छ ्र जहाँ ६१ वटा गाई पालिएको छ। यहाँ पुगेर आफैंले गाईको रेखदेख, सुसार गर्न पाइन्छ भने दूध दुहुने व्यवस्था पनि गरिएको छ। यसो गर्दा गाईप्रतिको सम्मान बढ्ने अपेक्षा गोकुल फार्मले गरेको छ। ग्रानभिल नेपाली कम्युनिटी क्लवका अध्यक्ष गोपी सुबेदी, महासचिब राम रुवाली, अबिभावक समितिका संयोजक दिनेश चन्द्र गुप्ता, सहयोगी एलिना ताम्रकार मास्के र कोशाध्यक्ष्य खेम राज केसीले भ्रमणको क्रममा सन्त कालिया कृष्णदासलाई आर्थिक सहयोग गर्नुभएको थियो। अष्ट्रेलियाको भूमिमा हाम्रो गाईमाताको सेवामा देखाएको सहयोगको प्रशंसा गर्दै सहयोग गरिएको हो। यस्तै यस भ्रमणका क्रममा हन्टरभ्याली अंगुर फार्मको पनि भ्रमण गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?