आज विमानस्थल खुल्ने सम्भावना बढ्यो


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????टर्किश एयरलाईन्सको विमानलाई हटाउने कार्य युद्धस्तरमा चलिरहेको छ । केही समय अघि रनवेमा ल्याइएको विमानलाई अब पार्किंगतर्फ लगिँदै गरेको विमानस्थल प्रशासनले जनाएका छ । केही समय अघि पत्रकार सम्मेलनको आयोजना गरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानको सन्तुलनमा समस्या नआए केही घण्टामै विमानस्थल सुचारु गर्न सकिने स्थिति आएको बताएका छन् । नेपाली नागरिकहरु बैंकक, मलेसिया, सिंगापुर, लगायतका विमानस्थलमा अड्किएका छन् । उनीहरुले सरकारी निकायहरुले आफ्ना नागरिकका बारेमा कुनै चासो नलिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । यसअघि प्रधानमन्त्रील हिजै रोकिएका यात्रुहरुलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिनका निम्ति विमान कम्पनीहरुलाई आग्रह गरिसक्नुभएको छ । यसैबीच, एनआरएन अध्यक्ष शेष घले बैंकक विमानस्थलमा रहनुभएको र सकेसम्म नेपालीहरुलाई समन्वय गर्ने प्रयत्न गरिरहेको बताउनुभएको छ । अर्कोतर्फ, मलेसियामा रहनुभएकी एनआरएन सचिव रञ्जु वाग्लेले एनआरएन मलेसियाको सहकार्यमा राजदूतसहित भएर विमानस्थलमा पुगी नेपालीहरुको सुविधाको लागि प्रयत्न गर्ने जानकारी दिनुभएको छ । यतिबेला करिब २० हजारभन्दा बढी यात्रुहरु नेपालबाट बाहिर जाने र नेपाल पुग्ने क्रममा विभिन्न विमानस्थलमा रोकिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?