खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, २४ हजार यात्रु तयारी अवस्थामा, २४ सै घण्टा सञ्चाल हुने


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????अन्ततः चार दिनको अथक प्रयासपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । साँझ ७ बजेपछि खुलेको विमानस्थलमा यात्रुहरु आफ्नो गन्तव्यमा जानका लागि चेकईन गराइरहेका थिए । नागरिक उड्डयन प्राधिकरणले २४ सै घण्टा जहाजका निम्ति विमानस्थल खुल्ला राखेर अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याइने बताएका छन् । यसैगरी नियमित उडान गरिरहेका विभिन्न विमान कम्पनीहरुले अतिरिक्त विमान थपेर भएपनि यात्रुलाई आइतबार नै काठमाडौं ओराल्ने तयारी थालेका छन् । मुख्यतः कतार, दुबई, थाईल्याण्ड, सिंगापुर, मलेसियामा अलपत्र परेका यात्रुलाई छिटोभन्दा छिटो गन्तय पुग्नका निम्ति विमान सेवा थप्न लागिएको हो । यसअघि अवरुद्ध विमानस्थललाई चारदिनको प्रयासपछि जहाजलाई धस्सिएको स्थानबाट आज साँझ पार्किङस्थल नजिक पु¥याइएको थियो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चारदिन अर्थात करिब ८० घन्टा बढी अवरुद्ध भएको छ । विमानस्थलका अनुसार आजसम्म २४ हजार ३०० यात्रु तयारी अवस्थामा छन् भने त्यत्तिकै सङ्ख्यामा विभिन्न मुलुकका विमानस्थलबाट यात्रुहरु काठमाडौँ आउने तयारीमा छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थल अवरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित र सहज बनाउन विमानस्थल सञ्चालनमा आएपछि २४ सै घन्टा खुला गर्न लागिएको बताउनुभयो । उहाँले अवरुद्ध बनेको दिनसम्मको अवधि २४ सै घन्टा खुलाउने र सञ्चालन समयपछिका उडान नियमित हुने तर त्यसअघिका उडान डिले हुने जानकारी दिनुभयो । जहाज तान्न भारतका २५ जनाको विज्ञ टोली, नेपाली सेनाका ४०० जवान, विमानस्थलमा तैनाथ नेपाल प्रहरीका ३६० प्रहरी जवान तथा प्राधिकरण, धावनमार्ग विस्तार गरिरहेको ठेकेदार कम्पनीका सयजना र तीभन्दा बाहिरका सय जनाले २४ सै घन्टा काम गरेको र करिब २२ वटा उपकरण, सडक विभाग, काठमाडौँ उपत्यकाका ट्रक तथा सडक विभाग र रिङरोडका क्रेनसमेत तैनाथ राखिएको विमानस्थलले जनाएको छ । विमानस्थलमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुने र सोही सङ्ख्यामा अवतरण हुने हुँदा औषतमा दैनिक रु एक करोड बढी घाटा हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?