अष्ट्रेलियाका धनी महिलाको सूचिमा जमुना गुरुङ तीन कदम माथि, यस वर्ष आठौं स्थानमा


jamuna-gurung-2मेलबर्न निवासी जमुना गुरुङ अस्ट्रेलियाको धनी महिलाहरुको सूचीमा तीन स्थान माथि उक्लदै आठौं नम्बरमा पुग्नुभएको छ। गतबर्ष ११ औं स्थानमा रहनुभएकी एनआरएन अध्यक्ष शेष घलेकी श्रीमती जमुनाको सम्पत्ति २ सय ६४ मिलियन डलर (लगभग २० अर्ब रुपैयाँ) रहेको अस्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिम्यूले सार्वजानिक गरेको छ। अघिल्लो वर्ष गुरुङको सम्पत्ती सय मिलियन डलर थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त सूचीमा ३० जना अस्ट्रेलियन धनि महिलाको नाम समावेश छ । आफ्ना पतीसँगै व्यवसायमा सक्रिय गुरुङको मेलबर्न इन्च्टिच्युट अफ, टेक्नोलोजी ९एमआइटी०, होटल, रियल स्टेट लगायका व्यवसायमा लगानी छ । गुरुङले गत वर्ष एमआइटीबाट ६० प्रतिशत भन्दा बढि नाफा कमाएको अस्ट्रेलियन पत्रिकाले जनाएको छ ।
आफ्ना पती घलेसँगै सन् १९९० मा विद्यर्थाीका रुपमा अष्ट्रेलिया आइपुगेकी गुरुङले नेपालमा शिक्षा आर्जन गर्नुभएको हो। लमजुङ स्थायी घर भएका घले दम्पत्तीले यसअघि नेपालमा परोपकरी काम गर्नको लागि १ अर्ब रुपैयाँ लागनी गर्ने घोषणा गर्नुभएको थियो। घले दम्पत्तीको लागनीमा काठमाडौंमा सुविधासम्पन्न पाँच तारे होटल सेराटनको पनि निर्माण भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?