रुघाखोकीका कारण चिकित्सकको सल्लाहमा एमाले अध्यक्ष ओली घरमै आराम गर्दै
शारीरिक अस्वस्थताका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको सल्लाहमा अझै केही दिन निवासमै आराम गर्नुहुने भएको छ । स्वास्थ्यमा सामान्य असरमा कारण अध्यक्ष ओली शनिबार प्रधानन्त्री निवासमा भएको प्रमुख तीन दलको बैठकमा पनि सहभागी हुन सक्नुभएको थिएन । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार रूघा–खोकीको प्रभावका कारण चिकित्सकको परामर्शमा बालकोटस्थित निवासमा उहाँ आराम गरिरहनुभएको छ ।