आज मृर्गौला दिवस, वार्षिक तीन हजार मृगौला रोगी थपिदै, यी युवाको विलौना सुनौं


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैछ । नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो । मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिंदै प्राडा काफ्ले भन्नुभयो– धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ । मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउँदै उहाँले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताउनुभयो । नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको बताउनुभयो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डाइलाइसिस गर्न आउने विरामीहरूको चाप अत्यधिक रहेको र हरेक दिन ४० वटा मेशिनबाट बिहानदेखि मध्य रातिसम्म उपचार सेवा सञ्चालन गर्दै आएको डा वर्षा श्रेष्ठले जानकारी दिनु भयो । हेल्थ केयर फाउन्डेसनका प्रमुख कृष्णप्रसाद आचार्यले मिर्गौलाका विरामीहरूको उपचारका लागि ठाउँको अभाव भएकाले भवन निर्माण गर्न आवश्यक जग्गाको व्यवस्था गरिदिन र सरकारले मिर्गौलाका विरामीहरूलाई डायलाइसिस गर्न छुट्याइएको रकम सिधै केन्द्रमा जम्मा गरिदिनका लागि आग्रह गर्नुभयो ।
दुईवटै किड्नी फेल
मिर्गौला पीडितको उपचारका लागि आर्थिक सहयोग सङ्कलन गरी राष्ट्रिय अभिलेखालयमा कार्यरत विराटबहादुर थापाबाट प्रशंसनीय कार्य भएको छ । अभिलेखालयमा कार्यरत कार्यालय सहयोगी मङ्गली मिजारका २४ वर्षीय छोरा सुरेश रम्तेलको दुवै मिर्गौलाले काम नगरेर बिरामी परेपछि उनको उपचारका लागि थापाले दाताहरूसँग हारगुहार गरेर रकम सङ्कलन गर्नुभएको हो । पुरातत्व विभाग मातहतको क्युरियो जाँचपास शाखाका कर्मचारी र त्यहाँ आउने कार्गाे व्यवसायीसहितका व्यक्तिसँगबाट रम्तेलको उपचारका लागि थापाले रु ५३ हजार ६८० सहयोग जुटाउनु भएको थियो । सो रकमका लागि २९० व्यक्तिबाट कम्तीमा रु २० देखि अधिकतम रु दुई हजार ५०० सम्मको योगदान भएको हो । अभिलेखालयमा आयोजित कार्यक्रममा विराटले बिरामी रम्तेलकी आमालाई सो रकम आज हस्तान्तरण गर्नुभयो । मिर्गाैला पीडित रम्तेलको उपचारका लागि राष्ट्रिय अभिलेखालयमा कार्यरत कर्मचारीका तर्फबाट सङ्कलन भएको रु ११ हजार रकम भने यसअघि नै बिरामीकी आमालाई हस्तान्तरण गरिएको थियो । स्नातक तहमा अध्ययनरत रम्तेल वैदेशिक रोजगारीका लागि मलेसिया गएकामा बिरामी भएर केही समयअघि स्वदेश फर्केका थिए । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका क्रममा उपत्यकाभित्रका विभिन्न अस्पताल हुँदै हाल भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गरिरहेका छन् । उनले पछिल्लो पाँच महिनायता झन्डै ३० पटक डायलाइसिस सेवा लिइसकेका छन् । रम्तेलले उपचारका क्रममा हालसम्म रु तीन लाख खर्च भइसकेको जानकारी दिए । उनलाई चिकित्सकहरूले सबै परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने भएकाले त्यसका लागि तयार रहन सल्लाहसमेत दिइसकेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?