एमाओवादका युवाहरुको एकता अभियान, सबै फुटेर गएकालाई फर्काउन प्रयास गर्ने


???????????????????????????????????????????????????शान्ति प्रक्रिया प्रवेश गरेपछि माओवादी आन्दोलन खण्डित भएको भन्दै पार्टी एकताका लागि युवा नेताले अभियान सुरु गरेका छन् । माओवादी आन्दोलन पुनःगठन अभियानले राजधानीमा एक कार्यक्रमको आयोजना गरी एकता प्रक्रिया सुरु भएको घोषणा गरिएको छ । उनीहरूले पार्टी एकता आजको आवश्यकता भएको ठहर गर्दै त्यसका लागि सबैले आ–आफ्नो स्वार्थ र अहमलाई त्याग गर्नुपर्नेमा जोड दिएका थिए । जनयुद्ध, जनआन्दोलनलगायतका विभिन्न आन्दोलनबाट प्राप्त भएको उपलब्धी धरापमा परेको उल्लेख गर्दै उनीहरूले पछिल्लो दिनमा सत्तारुढ दलको व्यवहारका कारण पनि मजबूत एकता आवश्यक भएको बताए । शीर्ष नेतृत्वलाई एकताका लागि दबाब दिने र सकारात्मक वातावरण तयार पार्ने उद्देश्यका साथ अभियान सुरु गरिएको एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो । माओवादी टुट फुटले देश, जनता कोही कसैको हित गरेन, त्यसकारण एकताका लागि आफूहरू केन्द्रित भएको नेता शर्माको भनाइ छ । कार्यक्रममा माओवादीका नेता हितमान शाक्यले पार्टी एकताको आवश्यकता किन प¥यो भन्ने विषयमा प्रतिवद्धतापत्र बाँचन गरेर सुनाउनुभएको थियो । विगतका आन्दोलन तथा सङ्घर्षबाट प्राप्त भएका राजनीतिक, सामाजिक उपलब्धीहरू क्रमशः खण्डित हुँदै गएकाले सबै माओवादी एकठाँउमा आउनुपर्छ र हुनुपर्छ भन्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा(माओवादी)का नेता धर्मेन्द्र बाँस्तोलाले पाँच टुक्रामा विभक्त भएको माओवादी मिल्नुको विकल्प नभएको बताउनुभयो । सबैले राजनीतिक कार्यदिशा एउटै बनाएर एकताको लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो । नेकपा(माओवादी)का अध्यक्ष मातृका यादवले वास्तवमै पार्टी एकता गर्ने हो भने आग्रह पूर्वाग्रहबाट माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जनताको नाममा राजनीति गर्ने माओवादी किन बिग्रिएको भनेर समिक्षा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

एकता हुन सक्दैन
नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्दले क्रान्तिसँग डराएर भागेका एमाओवादी नेतासँग पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्नुभएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले क्रान्तिकारी धार छाडिसकेको आरोप लगाउँदै उहाँले क्रान्तिकारी शक्तिसँग मात्रै पार्टी एकता हुने बताउनुभएको छ । साथै उहाँले एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकता नहुने दाबी गर्नुभयो । ‘प्रचण्डजी र बाबुरामजी धेरै बाठो हुनुभयो’ गोरखाको हंशपुर गाविस–४ काफलडाँडास्थित नेतृ उमा भुजेलको आमा गर्भकुमारीको निधन भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित शोक सभालाई सम्बोधन गर्दै नेता चन्दले भन्नुभयो, प्रचण्ड, बाबुराम पनि विदेशी शक्तिको वरपर घुमेका छन् ।’ रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?