शब्दमालाको अगुवाईमा नेपाली बालबालिका चिल्ड्रेन फेष्टिभल २०१५ मा सहभागी
देशको झण्डा बोक्न कसलाई मन लाग्दैन र ? अझ, विदेशी भूमिमा देशको झण्डा बोक्नु त गर्वकै कुरा हो । यस्तै भएको छ सिड्नीमा । सिड्नीमा विगत केही वर्षदेखि नेपाली भाषा र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित शब्दमाला नेपाली भाषा विद्यालयको अगुवाईमा नेपाली विद्यार्थीहरु चिल्ड्रेन फेष्टिभर २०१५ मा सहभागी भएका हुन् । स्थानीय रक्समा आयोजना गरिएको चिल्ड्रेन फेष्टिभल २०१५ मा नेपाली बालबालिकाहरु नेपाली संस्कृति, पहिरन, भेषभूषा झल्कने पहिरनका साथ उपस्थित भएका थिए । कार्यक्रममा नेपालसहित अन्य विभिन्न देशका बालबालिका पनि सहभागी भएका थिए । अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकोले यहाँ अन्य संस्कृतिको प्रबद्र्धन र संरक्षणमा विशेष चासो दिने गरिन्छ र हरेक वर्ष बहुसांस्कृति कार्यक्रमहरु आयोजना गरिन्छ । यस कार्यक्रममा पनि बहुसांस्कृतिक मन्त्री भिक्टर डोमिनोलो हुनुहुन्थ्यो । शब्दमालाका उपाध्यक्ष नारायण कटुवालले नेपालको झण्डासहित बालबालिका र अभिभावकहरु समेत उपस्थित भएर आफ्नो संस्कृति, भेषभूषाको विषयमा परिचय गराएको जानकारी दिनुभयो ।