सहकर्मीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सिड्नीमा एक नेपाली पक्राउ
सँगै काम गर्ने सहकर्मीलाई यौनजन्य दुव्र्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । गत डिसेम्बरमा ३० वर्षीय निज युवकले २० वर्षीय युवतीलाई कार्यस्थलमै पिछा गरेको लकर रुममा दुव्र्यवहार गरेको आरोप छ । म्यारिकभिलस्थित एक स्टोरमा यो घटना भएको हो । डिसेम्बर २२ मा भएको यो घटनाको विषयमा डिसेम्बर ३१ मा प्रहरी कार्यालमा रिपोर्ट गरिएको र निजलाई अनुसन्धानपछि गत सोमबार मात्र पक्राउ गरिएको हो । अबर्नको क्वीन स्ट्रीटमा बस्ने निज ३० वर्षीय युवकलाई उनको निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल निजलाई अबर्न प्रहरी स्टेशनमा लगिएको थियो । उनीविरुद्ध यौनजन्य दुव्र्यवहारमा अभियोग लगाइएको छ । हाल निजलाई तारिखमा छोडिएको छ । उनको मुद्दा आगामी अप्रिल १४ तारिखमा स्थानीय न्यूटाउन अदालतमा पेश हुनेछ । निज नेपाली युवकले दुव्र्यवहार गरेको महिला नेपाली नै हुन् अथवा अरु केही खुलेको छैन ।