प्रचण्ड चीनमा, चिनियाँ राजदूत पुगे प्रधानमन्त्री भेट्न बालुवाटार


??????????????????????????????पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चीन भ्रमणमा हुनुहुन्छ । नेपालको शान्ति प्रक्रिया र वर्तमान राजनीतिको विषयमा भर्खरै भारतीय पक्षसँग र स्वयं राष्ट्रपतिसँग कुराकानी गरेर डा. बाबुराम भट्टराई फर्के लगत्तै प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएका बेला चिनियाँ राजदूतले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले भेटवार्ता गरेका हुन् । भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका सञ्चारसंयोजक प्रकाश अधिकारीका अनुसार भेटवार्तामा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा दुवै मुलुकमा आयोजना हुने कार्यक्रमका साथै मुलुकको वर्तमान राजनीतिक स्थिति आर्थिक सामाजिक विकासमा चीनबाट प्राप्त सहयोगलगायत विषयमा पनि विचारविमर्श भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?