एनआरएन भवन निर्माणको लागि सहयोग संकलन जारी, एडिलेडमा मात्रै उठ्यो १४ हजार डलर


bhabwanगैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालमा निर्माण गर्दै गरेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि पछिल्लो पटक एडिलेडमा गरिएको रकम संकलन गाला डिनर कार्यक्रमबाट करिब १० लाख नेपाली रुपैयाँ संकलन भएको छ । मार्च २८ तारिखका दिन साँझ आयोजना गरिएको डिनर कार्यक्रममा गैरआवासाीय नेपाली संघ आईसीसी अध्यक्ष शेष घले प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले जपान लगायत विश्वका विभिन्न शहरमा पुग्दा आपूmले प्राप्त गरेको अनुभव शेयर गर्नुभएको थियो । घलेले भन्नुभयो, सदस्य नभएका साथीहरुले पनि सहयोग गरेर हामीप्रति जुन भरोसा देखाउनुभएको छ यसले थप हौसला मिलेको छ । अहिलेसम्म २० करोडको प्रतिबद्धता आइसकेको छ भने हामीले शिलान्यास गरेर काम द्रूत गतिमा अघि बढाएका छौं । कार्यक्रममै बोल्दै एनआरएन साउथ अष्ट्रेलियाले नेपाल महोत्सवबाट उठेको रकमको नाफामध्येबाट भन्दै १५ सय डलर सहयोग गर्ने घोषणा गरेको थियो । अर्कोतर्फ, सिड्नीबाट गएका अतिथिहरुले पनि १ लाख नेपाली रुपैयाँ सहयोग गर्ने जनाएका थिए । कार्यक्रममा बोल्दै साउथ अष्ट्रेलियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत दिपक धमलाले एनआरएनको यो अभियानले सहयोग गर्नु सबै नेपालीको कर्तव्य हुने बताउनुभयो । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन सपत्नी सहभागी हुनुभएको थियो । एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन आईसीसी सचिव रञ्जु वाग्ले, क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन आईसीसी डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी, एनआरएन सदस्यहरु रमेश पाण्डे, निरज श्रेष्ठ, गणेश केसी, भैरव ढकाल, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष स्वतन्त्रप्रताप शाह, केशव कंडेल, एनआरएन अष्ट्रेलिया सचिव भरत पोखरेल लगायत उपस्थित हुनुहुन्थ्यो । एमएनटीभीसँग कुरा गर्दै आईसीसी डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरीले छोटो समयको तयारीमा नै पनि नेपालीहरुको कम उपस्थिति रहेको एडिलेड शहरका नेपालीहरुले केन्द्रीय भवन निर्माणका लागि गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन पनि गिरीले नै गर्नुभएको थियो । कार्यक्रममा गायिका कोमल ओली र ईन्दिरा जोशी उपस्थित थिए । नेपालबाट आएका पत्रकार मनऋषि धितालले समेत आफ्नो भत्ता रकमबाट ६ हजार सहयोग गरेका थिए । स्मरणीय छ, एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाको सिड्नीबाटै रकम संकलन अभियान सुरु गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?