मेलबर्नको एक रेष्टुरेन्टमा महिला ८ घण्टा बन्धक
साउथव्यांकस्थित एक रेष्टुरेन्टमा भएको नाटकीय बन्धक प्रकरणको अन्त्य भएको छ । विहान ५ः३० बजे बन्धक बनाउने व्यक्तिले महिलालाई मुक्त गरेपछि यो प्रकरणको अन्त्य भएको हो । करिब १० बजे उक्त रेष्टुरेन्टको पूर्वकर्मचारी त्यहाँ हतियारसहित उपस्थित भएका थिए । हातमा चक्कु लिएर पुगेका ३५ वर्षीय युवकले स्टोर रुममा कार्यरत महिला कर्मचारीलाई बन्धक बनाएका थिए । यस लगत्तै रेष्टुरेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रहरीले चारैतर्फ घेरा हाली निजसँग वार्ताको प्रयत्न जारी राखेको थियो । प्रहरीले निज व्यक्ति केही दिनअघि रेष्टुरेन्टमा काम गरेको व्यक्ति भएको र रेष्टुरेन्टसँगको आर्थिक हिसाबमा रुष्ट रहेको पाइएको जनाएको छ । अहिले निजलाई स्वास्थ्य परीक्षणका लागि सेन्ट भिसेन्ट अस्पताल लगिएको छ । लुडलो बार एण्ड डाईनिंग रेष्टुरेन्टमा भएको यो घटना राति १० बजेदेखि विहान ५ः३० बजेसम्म चलेको थियो ।