अष्ट्रेलियाले दियो थप १ करोड डलर, सहयोग पुग्यो २ करोड डलर


aus flagनेपालमा महाभूकम्पबाट पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनामा अष्ट्रेलिया सरकारले २ करोड डलर सहयोग पुर्याएको छ । नेपालमा आवश्यक पर्ने राहत, पुनस्र्थापनाका लागि यो रकम खर्च गरिने बताइएको छ । यद्यपि यस अगाडि दिइएको रकम पनि उसले केयर नेपाल मार्फत खर्च गरिरहेको जनाएको छ । नेपालमा भने यस किसिमको वैदेशिक सहयोग प्रत्यक्ष रुपमा आउन नसके यो वास्तविक पीडितहरुसम्म सही रुपले पुग्न सक्दैन भन्ने तर्क वितर्क भइरहेको छ । अर्कोतर्फ, गैरसरकारी संस्था र दातृ निकायहरुले भने आफैं नै पीडितहरुसम्म पुगेर यस्तो सहयोग गर्ने ईच्छा देखाएका छन् । अहिले पछिल्लो पटक अष्ट्रेलियाले गरेको सहयोग भने महिला, बालबालिका र साना उद्योगको क्षेत्रमा भएको क्षतिबाट पार पाउनका लागि प्रयोग गर्ने योजना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?