यमनमा अझै आतंक, विदेशी भाग्दै


विगतका केही महिनादेखि द्वन्द्वले आक्रान्त बनिरहेको मुलुक यमनबाट विभिन्न देशले आ–आफ्ना नागरिक स्वदेश फिर्ता गरिरहेका समाचार प्राप्त भएका छन् । त्यहाँ साउदी अरेबियाको नेतृत्वका सेनाले केही समयदेखि हवाई कारबाही गरेकोमा हाल भने सो कारबाही रोेकेको छ । तर पनि सो देशमा विदेशीहरूले सुरिक्षत महसुश गरेका छैनन् । गएको केही हप्तायतामात्र विभिन्न देशका एक लाखभन्दा बढी विदेशीलाई स्वदेश फर्काइएको समाचारमा जनाइएको छ । यमनमा जारी द्वन्द्वको कारण संयुक्त राज्य अमेरिका, यु्रोप, चीन, भारत तथा सबै जसो ठूला राष्ट्रहरूले राजदूतावास बन्द गर्नुका साथै आ(आफ्ना कर्मचारी र नागरिकलाई फिर्ता लगिसकेका छन् । विगतका चार महिनादेखि हुथी विद्रोही समूहले जारी राखेको सशस्त्र द्वन्द्वका कारण यमनका सर्वसाधारण नागरिकको जीवन अस्तव्यस्त भएको बताइएको छ । सो द्वन्द्वमा परी बालबालिकासहित करिब ६०० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीको आक्रमणमा परी यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादी भागेर साउदी अरेबियामा शरण लिएर बस्नुभएको छ । उहाँको समर्थनमा साउदी अरेबियाले पनि हुथीहरूका विरुद्ध सैनिक कारबाही जारी राखेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?