जब एडिलेडमा अजिंगरले बार्बिक्यू चिम्टा निल्यो…
अष्ट्रेलियाको एडिलेडमा घरपालुवा एक अजिंगरले बार्बिक्यू चलाउने चिम्टा निलेपछि आपत परेको छ । यस लगत्तै घरधनीले उक्त अजिंगलाई नजिकैको जनावर भेटेनरीमा लगेका थिए । जहाँ उक्त अजिंगरको एक्सरे गरियो । एक्सरे गरेपछि अजिंगरले उक्त चिम्टा निलेको प्रष्ट त भयो । तर, त्यहाँ अपरेशन सम्भव नभएपछि फेरि त्यसलाई एडिलेड युनिभर्सिटीका डाक्टरहरुले अपरेशन गरे । डाक्टर ओलिभर फुन्नेलले भनेका छन् हामीले अपरेशन गरेर उक्त स्टीलको वस्तु निकालिसकेका छन् । अजिंगरहरुले निलेको कुरा यदि पचाउन सकिएन भने फेरि निकाल्न पनि सक्दछन् । तर, अजिंगरले भने यस्तो गर्न सकेको थिएन । अन्ततः चिकितसाविज्ञानले उसको उद्धार गरेको छ ।