एनआरएन केन्द्रमा सहयोग रकम पठाउनेहरुको सूचि सार्वजनिक, एनआरएन अष्ट्रेलिया सबैभन्दा धेरै सहयोग गर्ने संस्था
एनआरएन अष्ट्रेलियाले सबैभन्दा बढी रकम एनआरएन आईसीसीको खातामा पठाएको छ । विश्वभर रहेका ७० वटा एनआरएन राष्ट्रिय समितिमध्ये अष्ट्रेलियाले आपूmलाई नम्बर एकमा पार्दै २ करोड २५ लाख ४५ हजारभन्दा बढी रकम पठाएको छ । अष्ट्रेलियामा रहने नेपाली समूदाय सबैभन्दा बढी यस विपतको समयमा सहयोगका निम्ति तत्पर देखिएका छन् । यसपछि अमेरिका, चीन, बेलायतका एनआरएनले बढी सहयोग गरेका छन् । यस बाहेक पनि स्वयं अध्यक्ष शेष घलेबाट एक करोड, श्रीमती जमुना घलेबाट एक करोड र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले १२ लाख १३ हजारभन्दा बढी सहयोग गर्नुभएको छ । यस्तै एनारएन क्यानबेराको तर्फबाट ३ लाख ९५ हजार सहयोग गरिएको छ । अष्ट्रेलियामै रहेका एनआरएन प्रवक्ता मन केसीले पनि छुट्टै सहयोग गर्दै १० लाख १ हजार भूकम्प पीडितलाई प्रदान गरेका छन् । यसरी हेर्दा अष्ट्रेलियावासी गैआवासीय नेपाली सबैभन्दा बढी भूकम्प पीडितको सहयोगका निम्ति जुटेको देखिन्छ । यद्यपि, एनआरएन अष्ट्रेलियाले अहिलेसम्म ४ लाख ३७ हजार ५ सय अष्ट्रेलियन डलर अर्थात् ३ करोड ७७ हजार ५ सय ३६ रुपैयाँ हुन आउँछ । यो रकम एनआरएन आईसीसीको सूचिमा देखिन बाँकी नै रहेको छ । एनआरएनका अध्यक्ष शेष घले तथा महासचिव कुमार पन्तले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,
२० मे २०१५ नेपाली समय ३ बजेसम्म ुएनआरएनए भूकम्प पिडित राहत तथा उद्दार समिति २०१५ का लागि नेरु १८ करोड ०६ लाख ७३ हजार ६ सय २१ र ६७ पैसा संकलन भएको छ। सहयोगि साथीहरु, संस्थाहरु र एनआरएन एनसिसीहरुको सुचि संलग्न गरिएको छ। यदि यो सूचिमा भूलबस दाताहरुको नाम छुट्न गएमा क्षमा प्रार्थी छौं, कृपया हामीलाई जानकारी गराइदिनुहोला, हामी अध्याबधिक गर्दै जानेछौं। र साथै केहि एनसिसीहरुबाट जानकारी नआएको हुंदा अध्याबधिक गर्न सकिएको छैन, कृपया सिघ्र जानकारी गराउनु होला। हामी तत्काल आवश्यक उद्दार र राहतको पहिलो चरणको करीव अन्त्यतिर आइपुगेका छौं र महाभूकम्प पश्चात आजसम्म हामीले सञ्चालन गरेका गतिबिधिहरुको बिस्तृत रिपोर्ट केहि समय पश्चात यहांहरुलाई उपलव्ध गराउनेछौं। बिनाशको आकार निक्कै नै बिकराल स्थितिमा छ, पुनर्निर्माणका लागि धेरै समय चाहिन्छ र हामीले दोश्रो चरणको गतिबिधि अन्तर्गत हामीले १००० वटा घर निर्माण गर्ने प्रतिबद्दता ब्यक्त गरिसकेका छौं। राष्ट्रिय बिपतमा यहांहरुले दिनुभएको साथ र सहयोग संकलनमा देखाउनु भएको तदारुकता प्रति हामी नतमस्तक छौं, कृपया यो अभियानलाई अझै प्रभावशाली तवरमा जारी राख्नुहोला। फेरी पनि सबै मनकारी दाताहरु र सहयोगी हातहरुलाई एनआरएनए तथा सम्पूर्ण नेपालीहरुको तर्फबाट धेरै धेरै धन्यबाद।