सञ्चारसंस्थालाई अनुदान दिँदा पत्रकारसम्म पुग्ने व्यवस्था मिलाउ


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाल पत्रकार महासङ्घले भूकम्पबाट क्षति पुगेका सञ्चारगृहलाई अनुदान दिँदा त्यहाँ काम गर्ने पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्न सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालसँग माग गरेको छ । महासङ्घका सभापति डा महेन्द्र विष्ट नेतृत्वको टोलीले भूकम्पले कतिपय सञ्चारगृह तथा उपकरणमा क्षति हुँदा ती पुनः सञ्चालन गर्न कठिनाइ भई पत्रकारले रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएकाले ती सञ्चारगृहलाई अनुदान दिँदा कार्यरत पत्रकारको पेसागत सुनिश्चितता गर्न अनुरोध गर्नुभयो । मन्त्री डा रिजालले सञ्चारमाध्यमका लगानीकर्ता, महासङ्घलगायत संस्थाका पदाधिकारी र सम्पादकसँग छुट्टाछुट्टृै भेटगरी उनीहरुको धारणा बुझ्ने प्रयास भइरहेको जानकारी दिनुभयो । भूकम्पपछि कतिपय सञ्चारमाध्यम हाल सञ्चालन हुने अवस्थामा नरहेको र सञ्चालक नै पुनः सञ्चालनका लागि अनिच्छुक भए झनै अपठेरो हुन्छ भन्दै उहाँले त्यसका लागि सबैको धारणा लिएर छुट्टै कार्ययोजना बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । भेटमा मन्त्रालयका सचिव सुनिलबहादुर मल्ल पनि उपस्थित हुनुुहन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?