डुबेको पानीजहाजबाट १०१ शव फेला


shipचीनको एक नदीमा गएको सोमबार डुबेको पानीजहाजमा परी हराएकामध्ये शुक्रबारसम्ममा कम्तीमा पनि ९७ वटा शव भेटिएको बताइएको छ । चिनियाँ यातायात मन्त्रालयका प्रवक्ता सु जान गुआङ्ले उक्त जहाजबाट हराएका यात्रुहरुको खोजी कार्य जारी रहेको पनि जानकारी दिनुभयो । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता गुआङ्ले भन्नुभयो– बिहान १०ः३० बजेसम्ममा उक्त नदीमा डुुबेको जाहाजका यात्रुहरुमध्ये १०१ को शव प्राप्त भएको छ । यात्रु र चालक दलका सदस्यसहित ४५८ जना व्यक्ति रहेको सो पानीजहाज सोमबार राति साढे नौ बजे चीनको याङ्जी नदीमा डुबेको थियो । सो पानीजहाजबाट शुक्रबार बिहानसम्ममा ९७ वटा शव भेटिएको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुकाअनुसार उद्वारको कार्य जारी नै रहेको छ र शुक्रबार बिहानसम्म ती शव भेटिएका हुन् । अनुसन्धानबाट उक्त विमानले क्षमताभन्दा बढी भार नबोकेको पाइएको छ । साथै उक्त जहाजमा आवश्यक मात्रामा लाइफ ज्याकेट पनि रहेको पाइएको समाचारमा जनाइएको छ । जहाज दुर्घटना भएको भोलिपल्ट अर्थात् मङ्गलबार १३ जना यात्रुको जीवितै उद्धार गरिएको थियो । ती १३ जनाले पनि लाइफ ज्याकेट लगाएको अवस्थामा पाइएको उक्त मन्त्रालयले जानकारी दिएको छ । डोङफाङ्जोन अर्थात पूर्वी तारा नाम गरेको सो पानीजहाज याङ्जी नदीको जिनाली भन्ने स्थानमा डुबानमा परेको थियो । रातिको समयमा सो जहाज डुबानमा परेकोले उद्धारको काममा कठिनाई भएको र त्यसका कारण धेरैको हताहत भएको बताइएको छ । साथै मौसमको खराबीका कारण नदीमा हराएकाको खोजीको काम कठिन भएको अधिकारीहरूले जनाएका छन् । याङ्जी नदीको नाविक प्रशासनले सो पानीजहाज पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नानजिङ्बाट दक्षिण पश्चिमी चीनको चोङ्किङ सहरतर्फ गइरहेको जनाएको छ । सो विमानमा ४०६ जना यात्रु, ४७ जना जहाजका कर्मचारीका साथै पाँचजना ट्राभल एजेन्सीका व्यक्ति रहेका चीनको यातायात मन्त्रालयले जनाएको छ । ठूलो सङ्ख्याका यात्रु हराइरहेका र उद्धारकर्मीले खोजीको कामलाई प्राथमिकताका साथ अघि बढाएको भन्दै तर उक्त नदी ठूलो रहेकोले हराएका यात्रु भेट्न गाह्रो भएको अधिकारीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?