मेलबर्नमा करिब ७ सयले दुई दिनमै एमआरपीको आवेदन भरे


0U2A8595 0U2A8601नेपाली दूतावास र भिक्टोरियाका लागि महावाणिज्यदूतको कार्यालयले आयोजना गरेको पारपोर्ट सेसनमा करिब ७ सय सेवाग्राही लाभान्वित भएका छन् । मेलबर्नको मुटु एलिजावेथ स्ट्रीटमा रहेको कन्सुलेट जनरलको कार्यालयमा सञ्चालित यस सेसनमा सहभागी हुनका निम्ति नेपाली दूतावासका उपप्रमुख राजेन्द्र पाण्डे मेलबर्न पुग्नुभएको थियो । 0U2A8682शनिबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार विहान १० बजेदेखि ४ बजेसम्म यति ठूलो संख्यामा सेवाग्राहीले आफ्नै पायक पर्ने ठाउँमा एमआरपीका लागि आवेदन दिन पाएका हुन् । कन्सुलेट कार्यालयले सेवाग्राहीका लागि ईन्टरनेट, फोटोकपी लगायतको सेवा प्रदान गरेको थियो भने कार्यक्रमलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले यतिधेरै संख्यामा नेपालीहरु लाभा न्वित भएकोमा खुशी लागेको बताउनुभयो । उहाँले नेपाली समूदायलाई सहयोग गर्नु दायित्व भएको भन्दै यसक्रममा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ ।
यसैगरी नेपाली दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डेले मेलबर्नमा गरिएको व्यवस्थाका कारण दूतावासमा एक्लै आउँदा पनि दुईदिनमा ७ सयजनाभन्दा बढीलाई सेवा गर्ने सफलता मिलेको भन्दै महावाणिज्यदूतको कार्यालयको प्रशंसा गर्नुभयो । साथै, उहाँले यस्तै किसिमका सेसन संस्थागत पहल गरी आमन्त्रण गरेमा अन्यत्र पनि गर्न सकिने बताउनुभयो । 0U2A8588एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष ऋषि कंडेलले जुन संख्यामा सहभगिता भयो यो आशा गेभन्दा बढी भएको भन्दै पहिलो दिनको अनुभावबाट दोश्रो दिन अझ बढी व्यवस्थित गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले यस सेसनले सानातिना गल्तीले गर्दा पनि फर्म फिर्ता हुने समस्यालाई यसले हटाएको र जो जसले सहभागिता जनाए उनीहरुले अरुलाई समेत सिकाउन सक्ने भएकोले आगामी दिनमा भिक्टोरियाबाट जाने एमआरपीहरुमा पनि कम गल्ती हुने आशा गर्न सकिन्छ भन्नुभयो । एमआरपी भर्न आएकाहरुले एमएनटीभीसँगको कुराकानीमा यस किसिमको सेवा आपूm पायक पर्ने ठाउँमै उपलब्ध गराएकोमा नेपाली दूतावास र कन्सुलेट कार्यालयको प्रशंसा गरेका छन् । दुई दिनको सेसनमा एनआरएन भिक्टोरिया, नेप्लीज एशोसिएन अफ भिक्टोरिया लगायतका संघ संस्थाले स्वयंसेवक परिचालन गर्दै कार्यक्रमलाई व्यवस्थित बनाउने कार्यमा सहयोग गरेका थिए । आगामी नोभेम्बरदेखि नेपाल सरकारले हस्तलिखित पासपोर्टलाई विस्थापित गर्दैछ । यसका लागि नेपालभित्र र नेपाल बाहिर रहेका नेपालीहरुले एमआरपी बनाउने कार्यलाई तिव्रता दिइरहेका छन् । 0U2A86930U2A8713

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?