रुपन्देहीलाई १८ औँ तिलोत्तमा गोल्डकपको उपाधि, आर्मी क्लब पराजित


footballविभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ गोलले पराजित गर्दै आयोजक रुपन्देही–११ले तिलोत्तमा गोल्डकपको १८ आँै संस्करणको उपाधि जितेको छ । उपाधिसँगै विजेताले रु तीन लाख ७५ हजार पुरस्कार पनि पाएकोे छ । रुपन्देहीका दीपक राईले उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत हुँदै एक थान मोटरसाइकलसमेत हात पारेका छन् । यसैगरी रुपन्देहीकै कप्तान तथा गोलकिपर दिलीप क्षेत्री उत्कृष्ट गोलकिपर, सुजल श्रेष्ठ उत्कृष्ट फरवार्ड, प्रकाश मल्ल उत्कृष्ट कोच तथा दीपक राई नै हाई स्कोररको उपाधिसँगै रु १५–१५ हजारबाट पुरस्कृत भएका छन् । उपविजेता आर्मीले रु दुई लाख ५० हजारसहित उत्कृष्ट दुई विधामा पुरस्कार जितेको छ । उत्कृष्ट डिफेन्स हिरन मगर र उत्कृष्ट मिडफिल्डर टङ्क बस्नेत रु १५–१५ हजार पुरस्कारबाट पुरस्कृत भएका छन् । बुटवल १३ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको प्रतिस्प्र्रधात्मक खेलमा आर्मीले ७ औंँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो । दोस्रो हाफको ६३ औँ मिनेटमा रुपन्देहीका सुजलले डिबक्स बाहिर पाएको फ्रिकिकको प्रहारबाट उत्कृष्ट तरिकाबाट जाली चुमेपछि खेल बराबरीमा आएको थियो । खेलको ७८ आँै मिनेटमा रुपन्देहीका दीपकले गोल थपे । गोल २–१ ले पछि परेको आर्मी त्यसपछि खेलमा फर्कन सकेन । खेलको थपिएको अतिरिक्त समयको छैटाँै मिनेटमा पुनः सुजलले अर्को गोल गर्दै टोलीलाई जितका लागि सुनिश्चित गराएका थिए । विजेता तथा उपविजेता टोली तथा खेलाडीलाई सिँचाइमन्त्री एनपी साउदले पुरस्कार वितरण गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?