एनआरएन अष्ट्रेलियाको चुनावी सरगर्मी बढ्दै, नारी निकुञ्जमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा तीन उम्मेद्वार


NRN AUSTRALIAएनआरएन अष्ट्रेलियामा चुनावी प्रतिस्पर्धा तिव्र भएको छ । राष्ट्रिय परिषद्देखि राज्यपरिषद् र केन्द्रीय सदस्य समेतको लागि उम्मेद्वारी दिने क्रम सकिएको छ भने यसमा छानविन र दाबी विरोधको क्रम बाँकी छ । यस लगत्तै आगामी जुन २४ तारिखमा अन्तिम नामावली प्रकाशित गरेपछि जुलाई ४ तारिख निर्वाचनको मिति तय गरिएको छ । यतिबेला सामाजिक सञ्जालदेखि घरदैलो कार्यक्रमसम्म गर्नका निम्ति उम्मेद्वारको सक्रियता बढेको छ । तर, एनआरएन अष्ट्रेलियाको महिला सञ्जाल नारी निकुञ्जले भने सबै पदमा आवश्यकमात्र उम्मेद्वारी दिएपछि सर्वसम्मत नेतृत्व चयनको वातावरण बनेको छ । जस अनुसार सिर्जना संग्रौला संयोजकमा, दिपा सापकोटा उपसंयोजकमा, प्रतिज्ञा अधिकारी सचिवमा, शिखा वाग्ले कोषाध्यक्षमा र ९ जना आवश्यक रहने सदस्य पदमा ६ जनाको मात्रै उम्मेद्वारी परेका कारण सबै सर्वसम्मत हुने निश्चित जस्तै बनेको छ । सदस्यमा उम्मेद्वारी दिनेहरुमा लक्ष्मी श्रेष्ठ, सुनिता गिरी, सुधिरा शाह, मोनी लिम्बु, प्राञ्चना शर्मा, रेशु लम्साल छन् । अर्कोतर्फ एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । दाबी विरोध र आफैंले नाम फिर्ता लिने समयसम्म टिक्न सकेमा यिनै तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्षको दाबी गर्नेमा दुईजना न्यू साउथवेल्सबाट र एकजना भिक्टोरियाबाट छन् । अध्यक्ष पदका प्रत्यासी भरत पोखरेल, ऋषि कंडेल र सुरेन्द्र सिग्देल आफ्नो चुनावी प्रचारमा यतिबेला सक्रिय बनिसकेका छन् । यसैगरी सचिव पदका लागि तोनु गोताने र स्वतन्त्रप्रताप शाह मैदानमा छन् । अर्कोतर्फ उपसचिव पदका लागि भिष्म भण्डारी, सरोज कुमारले उम्मेद्वारी दिएका छन् । कोषाध्यक्षमा डिलाराम खरेल, प्रकाश सापकोटाको प्रतिस्पर्धा हुने देखिएको छ । युवा संयोजकमा विजयशर्मा चापागाईं र सचिन्द्र थापा मैदानमा छन् ।
यसैगरी राज्यसमितिको संयोजक र राष्ट्रिय समितिको उपाध्यक्ष पदमा रहनका लागि न्यू साउथवेल्सबाट दिनेश पोखरेल र हरि राम्जाली चुनावी प्रतिस्पर्धाका लागि उम्मेद्वार बनेका छन् । डार्विनबाट निरज गुरुंग र शम्भु कँडेल, क्वीन्सल्याण्डबाट अभिमानसिंह बस्नेत र शम्भुराम सिंखडा, साउथ अष्ट्रेलियाबाट गोविन्द राना र नविन कँडेल, वेष्ट अष्ट्रेलियाबाट आंगदाबा जंगबु शेर्पा, रविन रावल, राजकुमार थपलियाले प्रतिस्पर्धा गर्नका निम्ति उम्मेद्वारी दिएका छन् । भिक्टोरियाबाट भने केशव कँडेलले मात्रै उम्मेद्वारी दिएका कारण उनी स्वतः उपाध्यक्ष र भिक्टोरिया राज्यपरिषद संयोजक हुनेछन् । क्यापिटल टेरोटरीबाट युवराज खनियाँ संयोजक हुने निश्चित भएको छ । Nari Nikunja
एनआरएन अष्ट्रेलियाको राष्ट्रिय परिषद् सदस्य पदका लागि विभिन्न राज्यबाट निश्चित कोटा हुने गर्दछ जसमा क्यापिटल टेरोटोरीबाट एक सिटमा राजेन्द्र ढुंगेलको मात्र उम्मेद्वारी परेको छ । क्वीन्सल्याण्डबाट ४ जना चुन्नुपर्नेमा ७ जनाको उम्मेद्वारी छ, जसमा अमित गिरी, देवराज पौडेल, रामकृष्ण भण्डारी, होमबहादुर प्यासी, नेत्र पाण्डे, बसन्त पौडेल र विनोदभक्त आचार्य रहेका छन् । त्यस्तै न्यू साउथवेल्सबाट ६ सिटका लागि १४ जनाको उम्मेद्वारी छ, राष्ट्रिय परिषद् सदस्य पदका लागि उम्मेद्वारी दिनेमा लक्ष्मण भुसाल, शरद खरेल, विकास केसी, उषाकिरण बारिया, दिपक जोशी, कर्णकुमार यादव, विनोद पौडेल, जानकी पौडेल, श्यामलाल पौडेल, धर्मराज अधिकारी, नन्द गुरुंग, उद्धब भट्ट, राजकुमार अधिकारी, छविप्रसाद सापकोटा छन् । यसैगरी नर्दन टेरोटोरीबाट एक पदका लागि एकमात्र उम्मेद्वारी अमितकुमार लम्सालको परेको छ । त्यस्तै साउथ अष्ट्रेलियाबाट २ सिटमा तीन जना सुरेश रेग्मी, सर्वदा घिमिरे, सूर्य आचार्यले प्रतिस्पर्धाका लागि उम्मेद्वारी दिएका छन् । तास्मानियाबाट एक पदका लागि कुनै उम्मेद्वारी परेको छैन भने भिक्टोरियाबाट तीन सिटका लागि चारजनाको उम्मेद्वारी परेको छ । जसमा नारायण काफ्ले, महेन्द्र केसी, महेश सिंह, निराजन गौलीले प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएका छन् । अर्कोतर्फ वेष्ट अष्ट्रेलियाबाट ३ सिटका लागि हुने चुनावमा कमलप्रसाद शर्मा, दिपक पराजुली, दिनेश घिमिरे, कमल सिलवाल, प्रविन्द्र अवालेले उम्मेद्वारी दिएका छन् । यसरी चुनावको माहौल गरमागरम बनिरहँदा केहीले भने उम्मेद्वारीबाट संकलित रकम ३२ हजार डलरलाई नेपालको भूकम्प पीडितको सहयोगमा खर्च गर्दै सर्वसम्मत बनाउने प्रयत्न थाल्नुपर्ने सुझाव पनि दिएका छन् । अन्तिम नामावलीअघि आफूले नाम फिर्ता लिने समयसम्मलाई सहमतिको समय मान्ने गरिन्छ । यदि यसपछि पनि उम्मेद्वारी कायमै रहेमा भने चुनाव निश्चित हुन्छ । अध्यक्षमा तीनैजना उम्मेद्वार प्रतिस्पर्धाको मुडमा छन् भने सुरुमै सर्वसम्मत भएको बाहेक नाम फिर्ता लिने मनस्थितिमा कमै उम्मेद्वार भएको पाइएको छ । अर्को रोचक प्रतिस्पर्धा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका लागि हुने देखिएको छ । जसमा ५ सिटका लागि १० जनाको उम्मेद्वारी परेको छ । जसमा केशवप्रसाद सापकोटा, प्रकाश जिसी, चुरामणि बेल्बासे, दिपक भट्टराई, चोलाकान्त ९सीके० भुसाल, दिक्पालदेव पंगेनी, झबनाथ अर्याल, राजु अधिकारी, बालचन्द्र भट्टराई र ईश्वर कुँइकेल प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा १० मध्ये ६ जना न्यू साउथवेल्सबाट प्रतिनिधित्व गर्दछन् । चुनाव गराउनका निम्ति राष्ट्रिय निर्वाचन आयोग गठन भएको छ जसको संयोजक जोग लिम्बु हुनुहुन्छ भने डा। अशोक श्रेष्ठ, डा। विष्णु देवकोटा, गोपाल न्यौपाने, होम पाण्डेल, मनोज ढुंगाना, डा। मनोज खनाल, मोहन शर्मा, राजु उपाध्याय, डा। रमेश पौडेल, सुनिल भण्डारी र यादव शर्मा सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?