यौनाङ्ग प्रत्यारोपण गरिएका दक्षिण अफ्रिकी युवक बुबा बन्दै, प्रत्यारोपण सफल


implantयौनाङ्ग प्रत्यारोपण गरिएका एक दक्षिण अफ्रिकी युवक बुबा बन्न लागेको समाचार छ । यौनाङ्ग केही महिनामात्र अघि प्रत्यारोपण गरी उनको शरीरमा राखिएको थियो । यसरी पुरुष यौनाङ्ग प्रत्यारोपण गरिएका उनी विश्वका पहिलो पुरुष हुन् । उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि यो अङ्ग प्रत्यारोपण गर्ने चिकित्सकहरु पनि निकै नै खुसी देखिएका दक्षिण अफ्रिकाबाट प्राप्त समाचारमा जनाइएको छ । विशेष शल्यक्रियामार्फत उनको यौनाङ्ग प्रत्यारोपण गरिएको थियो । उनका चिकित्सकले उक्त शल्यक्रिया गरी प्रत्यारोपण गरिएको केही महिनामात्र पछि उनकी केटी साथी गर्भवती भएको बताएका छन् । उक्त अङ्ग प्रत्यारोपणका लागि गरिएको शल्यक्रियामा संलग्न चिकित्सक समूहको नेतृत्व गरेका एकजना चिकित्सक मुत्र रोगसम्बन्धी विशेषज्ञ एन्ड्रयु भ्यानले भन्नुभयो– २१ वर्षीय ती युवककी केटी साथी गर्भवती भएकी छिन् । मलाई उनले यो सूचना दिएका छन् कि उनकी केटी साथी करिब चार महिनादेखि गर्भवती भएकी छिन् । चिकित्सक भ्यान स्टेलबोन्च विश्वविद्यालयमा कार्यरत रहेका छन् । चिकित्सक भ्यानले भने– हामी निकै नै खुसी छौँ, किनभने उनको यौनाङ्गमा कुनैपनि समस्या देखिएको छैन, उनको यौनाङ्गले राम्रैसँग काम गरिरहेको छ । अब उनी बुबा बन्ने पक्का भएको छ र गर्भको बच्चालाई अब केहीले पनि सङ्क्रमित बनाउन सक्दैन– उनले भने । शल्यक्रियापछि नै ती युवकको अङ्गले राम्रैसँग कामगर्न थालेको थियो र चाँडै उक्त अङ्गले कामगर्न थालेकोमा भने उनी आश्चर्यचकित भएको बताएका थिए । हामीले त उक्त प्रत्यारोपण गरिएको त्यस अङ्गले पूर्ण रुपमा कामगर्ने हुनका लागि कम्तीमा पनि दुई वर्षलाग्छ भनेका थियौँ तर ती पुरुषको अङ्गले भने यति चाँडै नै कामग¥यो खुसीकै कुरा हो– चिकित्सक भ्यानले भने । ती पुरुषको परिचय दिइएको छैन र उनलाई अरु कसैले उक्त यौनाङ्ग दान गरेका बताइएको छ । गएको डिसेम्बर ११ मा नौ घन्टा लगाएर चिकित्सकहरुको एक ठूलो समूहले उनको शरीरमा उक्त अङ्ग प्रत्यारोपण गरिएको थियो । केप टाउनको तिगरबर्ग हस्पिटलमा सो शल्यक्रिया गरिएको हो । उक्त अस्पतालमा गरिएको यो नै पहिलो यौनाङ्गको सफल प्रत्यारोपण हो । उनको अङ्गले काम नगर्नेगरी समस्या उत्पन्न भएपछि तीन वर्षमात्र अघि काटेर फालिएको थियो । त्यसपछि उनलाई एक पुरुषले अङ्ग दान दिएका थिए । उनको अङ्ग काटेर फालेपछि उनी तनावमा देखिएका थिए । पछि एकजना अर्काे व्यक्तिले यौनाङ्ग दिन्छु भनेपछि ती व्यक्तिलाई नै साथमा लिई उनी उक्त अस्पतालमा पुगेका थिए । त्यसयता आफूहरुले पुरुषको यौनाङ्गको प्रत्यारोपण गर्ने काम गर्न थालेको ती चिकित्सकले जनाएका छन् । तर चिकित्सक भ्यान भन्छन्– हुनत यो कामका लागि निकै धेरै व्यक्ति अस्पताल आउने गर्छन् तरपनि अङ्ग दान दिने व्यक्तिको भने कमी देखिन्छ । यसैका कारण यस काम पनि चुनौतीपूर्ण भएको उनको भनाई छ । हाल पनि उक्त अस्पतामा यौनाङ्ग प्रत्यारोपणका लागि नौ जना व्यक्तिको कार्य भइरहेको उनले जानकारी दिए । उनले भने– मानिसहरु यस कामलाई निकै सजिलो होला भनेर सेवाका लागि आएका देखिन्छन् तर त्यति सजिलो काम यो होइन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?