अष्ट्रेलियावासी नेपाली युवा सन्तोषलाई वल्र्ड नेचुरल बडी बिल्डिंग फिट्नेश मोडलको उपाधि


1234 सिड्नी निवासी सन्तोष कुमार श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको वल्र्ड नेचुरल बडी विल्डिंग फिटनेश मोडलको उपाधि जितेका छन् । दुबईमा शनिबार सम्पन्न प्रतियोगितामा उनले प्रतिष्ठित उपाधिका साथ आईएनबीए ओभरअल ओपन फिटनेश मोडल वल्र्ड च्याम्पियन, ओपन हाईट डिभिजन फिटनेश मोडल वल्र्ड च्याम्पियन, फष्र्ट रनर अप ओपन स्पोर्टस मोडल वल्र्ड च्याम्पियनशिप र नोभिस एमआर फष्र्ट रनर अप फिजिक वल्र्ड च्याम्पियनशिप उपाधि पनि हात पारेका छन् । ईन्टरनेशनल नेचुरल बडीविल्डींग एशोसिएसन र दुबई स्पोर्टस काउन्सिलको संयुक्त आयोजनामा दुबईमा सम्पन्न नेचुरल बडीविल्डिंग एण्ड फिटनेश एक्स्पोमा श्रेष्ठले उक्त उपाधि जितेका हुन् । एक वर्षको वल्र्ड उपाधिसँगै उनले २ हजार अमेरिकी डलर पनि जितेका छन् । कूल ४० देशका ६४ प्रतिस्पर्धीबीच अब्बल बनाउन सफल भएका श्रेष्ठले भने, ‘अष्ट्रेलियाबाट गएको टिममध्ये पनि सबैभन्दा बढी टाईटल जित्ने मै बनें । वल्र्ड च्याम्पियनको उपाधि पाउँदा निकै खुशी लागेको छ । यसले मलाई अरु पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने हौसला दिएको छ । ’
यस प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका सन्तोष गुठी अष्ट्रेलियाको एम्बेसडर पनि हुन् । दुबईबाट एमएनटीभीसँग कुरा गर्दै सन्तोषले यो सफलताको खुशीले फिटनेश मोडलिंगको क्षेत्रमा लाग्ने प्रेरणा दिएको बताए । ‘यो फिल्डले मलाई सबै कुरा दियो । साथीहरु, विश्वव्यापी नाम, सम्मान पाएको यो क्षेत्रमा म medalsलागिरहनेछु । सबैभन्दा ठूलो खुशी अरु कसैका निम्ति प्रेरणाको श्रोत बन्दा हुने रहेछ । अहिले मसँग बडी विल्डिंगको बारेमा टिप्स लिन मानिसहरु आउँछन् । तपाईंजस्तै बन्छु भन्छन् । त्यसले मलाई खुशी दिन्छ ।’ सन्तोषको भनाई छ ।
सफलता मेहनतले आउँछ तर मेहनतका साथ धेरैको आशिर्वाद, सहयोग र समर्थन रहने गर्दछ । सन्तोषले धन्यवाद दिँदै भने, ‘म मेरो परिवारको सपोर्टविना यहाँ पुग्नै सक्ने थिइनँ । त्यस्तै मेरा साथीभाई, फेसबुकका मित्रहरुको हौसला, गुठी अष्ट्रेलिया विशेषतः राम श्रेष्ठ दाई जसले प्रतियोगितामा आउने टिकट स्पोन्सर गर्नुभयो उहाँहरुलाई म धेरैधेरै धन्यवाद दिन चाहन्छु । यससँगै एउटा नेपालीको छोरोले विश्वप्रतियोगितामा नाम राखेको छ सहयोग गर्ने सबै नेपाली दाजुभाई दिदीवहिनीहरुलाई धेरै धन्यवाद छ ।’
केही महिना अघि मेलबर्नमा सम्पन्न प्रतियोगितामा सफलता हात पार्दै उनी दुबईमा हुने वल्र्ड च्याम्पियनशिपका लागि छानिएका थिए । सन्तोष केही महिनापछि हुने मिष्टर ओलम्पियामा पनि सहभागी FITNESSहुने तयारी गर्दैछन् । प्रतियोगितामा सहभागी भएर उनी मेलबर्न हुँदै आगामी जुन २० तारिख सिड्नी आईपुग्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?