बोको हरामद्वारा ४० सर्वसाधारणको हत्या
नाइजेरियामा यहाँका आतङ्ककारी बोको हराम समूहले बुधबार बेलुकी र बिहीबार बिहान गरेको आक्रमणमा कम्तीमा पनि ४० सर्वसाधारणको हत्या गरेका छन् । बोको हराम सशस्त्र हतियारधारीहरूले नाइजेरियाको पूर्वी क्षेत्र लमाना र इङ्गोमाउनामा सो आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जना सर्वधारणको ज्यान गएको हो । त्यहाँको एक स्थानीय रेडियो अन्फानीले बोको हरामका सशस्त्र हतियारधारीहरूले सो आक्रमण गरेका बताएको छ । उक्त आक्रमणमा परी अरु पनि कयाँै सर्वसाधारण गाउँले घाइते भएका छन् । बोको हरामका लडाकूले घरैमा पुगी हत्या गरेका प्रत्यक्षदर्शीले जनाएका छन् । दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । उनीहरूलाई स्थानीय दिरा अस्पतालमा भर्ना गरिएको छ । नाइजेरियामा लामो समयदेखि जारी रहेको हिंसामा परी हजारौँ नागरिकको ज्यान गएको छ । तर पनि शान्तिवार्ताका पहल भने कतैबाट पनि हुन सकिरहेको छैन ।