विषाक्त मादक पदार्थ सेवनबाट मारिनेको सङ्ख्या ३३ पुग्यो
भारतको मु्म्बईमा विषाक्त मादक पदार्थ सेवनबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ३३ पुगेको छ । उक्त विषाक्त मादक पदार्थ सेवनबाट बिरामी परेका १० जना मध्ये आठ जनाको मत्यु भए्पछि सो सङ्ख्या ३३ पुगेकोे प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । यसअघि बिहीबार बिहानै उक्त घटनामा परी २५ जनाको ज्यान गएको बताइएको थियो । मुम्बई प्रहरीको अपराध महाशाखाले यस घटनाको अनुसन्धान सुरु गरेको र विषाक्त रक्सी बेचबिखनमा संलग्न रहेका संदिग्ध तीन जनालाई हिरासतमा लिइएको कुलकर्णीले बताउनु भएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फद्नावीसले यस घटनाको तत्काल अनुसन्धान सुरु गर्न आदेश दिनु भएको छ ।