“फ्रिडम टु डाई”को विमोचन तथा नेपाली पुस्तकको अनलाइन स्टोर सञ्चालन


IMG_1685 IMG_1709युवा कथाकार डा निर्मल ज्ञवालीको पहिलो कथा संग्रह “फ्रिडम टु डाई” को अस्ट्रेलियाको सिड्नीमा विमोचन भएको छ । २१ जुन आइतवार सिड्नीको दक्षिण रकडेलमा नेपाली समुदायका सदस्यहरुको उपस्थितिमा कथा संग्रहको बिमोचन भएको हो । गैर आावसीय नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको नेपाली समुदायका जेष्ठ नागरिक डा नारायण प्रधानले कथा संग्रहको बिमोचन सिड्नीमा गरेका हुन् । उक्त कार्यक्रममा कवि तथा सिड्नीमा सक्रिय सर्जक निस्प्रभ सजीले पुस्तकबारे समिक्षात्मक अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा सजीका प्रश्नको जवाफ दिदै कथाकार डा ज्ञवालीले पुस्तक तयार हुनुको पृष्ठभुमी, संग्रहित कथाका विशेषताहरु र पाठकहरुबाट प्रप्त प्रतिक्रियाहरु सुनाएका थिए । उक्त कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया च्याप्टरका अध्यक्ष महेन्द्र पौडेल, एन आर एन संरक्षक इन्द्रा वन र डा नारायण प्रधानले कथाकार डा ज्ञवालीलाई बधाइ तथा शुभकामना दिएका थिए । बुक हिलले प्रकासन गरेको यो पुस्तकमा २३ वटा कथाहरु संग्रहित छन् ।
यसैगरी विश्वभरी रहेका नेपाली पाठक माझ नेपाली पुस्तक सहज र सुलभ तरिकाले पुर्याउने उद्देश्यका साथ नेपाली पुस्तकहरुको अनलाइन स्टोर दगथलभउबष्दिययप।अयm संचालनमा आएको छ । यही जुन २१ आइतवार सिड्नीमा एन आर एन संरक्षक इन्द्रा वन र डा नारायण प्रधानले संयुक्त रुपमा यो अनलाइनको सुरुवात गरेका थिए । अनलाइनका सञ्चालक ऋषि आचार्यका अनुसार सिड्नी र काठमाण्डौमा सम्पर्क कार्यालय रहेको यो अनलाइनले नेपाली भाषामा छापिएका पुस्तकहरुलको विश्वव्यापी रुपमा विक्रिवितरण गर्नेछ । आचार्यले भने, “नेपालमा कुनै पुस्तक बिमोचन भएकै दिन अनलाइन मार्फत विश्वभरी रहेका नेपाली पाठकहरुलाई पुस्तक उपलब्ध गाउने लक्ष्य रहेको छ ।” बाइ नेपाली बुक अनलाइन स्टोरमा अहिले ५० वटा भन्दा बढी पुस्तकहरु उपलब्ध छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?