फिफा अध्यक्षमा म्याराडोनाको उम्मेदवारी


maradonaअर्जेन्टिनाका एकजना वरिष्ठ फुटबल खेलाडी डियागो अर्मान्डो म्याराडोनाले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनको उम्मेदवारीको बारेमा समाचार सार्वजनिक गरेका छन् । केही समय यतादेखि विश्वमै विवादास्पद बनेको सो पदका लागि म्याराडोनाको उम्मेदवारीको समाचार अर्जेन्टिनाको एक दैनिक पत्रिकाले सोमबार सार्वजनिक गरेको हो । म एकजना उम्मेदवार हुँ, फुटबलका पूर्व खेलाडी एवम् प्रशिक्षक समेत रहेका तथा फुटवल संसारका प्रखर व्यक्ति म्याराडोनाले भन्नुभयो । म्याराडोना यसअघिको फिफाको नेतृत्वका सबैभन्दा बढी आलोचक हुनुहुन्थ्यो । स्विट्जरल्यान्डका नागरिक निवर्तमान अध्यक्ष सेप ब्लाटरको आलोचनामा म्याराडोना खरो उत्रिनुभएको थियो । फिफा संगठनमा भएको भनिएको कयौँ अनियमितता र भ्रष्टाचारमा सो संगठन मुछिएपछि ब्लाटरले गएको मे महिनामा राजिनामा दिएका हुन् । त्यस विषयमा अनुसन्धान जारी रहेको छ । भेनेजुयलाका राष्ट्रपति निकोलास मुद्रोले म्याराडोनालाई उक्त पदमा उम्मेदवारीका लागि प्रस्ताव गर्नुभएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?