संविधानसभाबाट संविधान जारी गर्न कसैले रोक्न नसक्ने अध्यक्ष ओलीको भनाई


oliनेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधानसभालाई स्वतन्त्र रुपमा संविधान जारी गर्न कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) को राष्ट्रिय स्वयंसेवक परिचालन अभियान समापनका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले एकातिर संविधान सहमतिमै जतिसक्दो छिटो जारी गर्न दलहरूबीच सहमति भएर काम अघि बढिरहेको उल्लेख गर्नु भयो । अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वसक्ताको प्रयोगबाट बनेको संविधानसभाबाट निकट भविष्यमै संविधान जारी हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन, अन्तरिम संविधान नै पूर्ण भएको भए किन नयाँ संविधान बनाउनुप¥यो ?” प्रश्नको शैलीमा उहाँले व्यवधान खडा गर्ने खालको असहमति नेपाली नागरिकले नराखेको बताउनुभयो । उहाँले भूकम्पपछि अस्थायी आवास निर्माण गरेर एमाले स्वयमसेवकले धेरै जनताको आँशु पुच्छने काम गरेकोप्रति कृतज्ञता व्यक्त गर्दै करिब २९ हजार स्वयमसेवकले रु दुई अर्ब बराबरको खर्चको कम गरेको र १५ देखि ८० वर्षसम्मका स्वयमसेवक गाउँमा परिचान हुनुले जनतालाई राहत मिलेको छ भन्नुभयो । सरकारले निर्माणमा खटिएका स्वयसेवकलाई खाने मात्र व्यवस्था गरिदिएको भए करिब दुई लाख घर बनाउन सकिने भन्दै अध्यक्ष ओलीले भूकम्प आएलगतै रक्तदान र सरसफाई अभियान हुँदै स्थायी भवन निर्माणमा पार्टीका नेता कार्यकर्ता लागेको बताउनुभयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई दुःख परेको बेलामा एमाले संकटको साथी भएर जनतामाझ उभिएको र अभियानले जनताको भरोसा दिलाएको छ भन्नुभयो । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रलाई अप्ठ्यारो परेको अवस्थामा एमालेले साहारा दिएको भन्दै अझै पुनः निर्माणका लागि एकतावद्ध भएर लाग्नुपर्ने जरुरी भएको बताउनुभयो । उपप्रधान मन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले निकम्बा सरकार भन्ने आरोप लागेको भए पनि विपद्का बेला सरकारले सक्दो उद्धार र राहतको कार्य गरेको बताउनुभयो । महासचिव ईश्वर पोखरेलले पार्टीले सञ्चालन गरेको एकमहिने अभियानले हासिल गरेको उपलब्धि उल्लेखनीय भएको भन्दै पार्टीले छिटै बस्ती विकासको योजना नयाँ ढंगले बाहिर ल्याउने जानकारी दिनुभयो ।
के–के गर्यो एमाले एक महिने अभियानले
भूकम्पपछि अस्थायी भवन निर्माणलगायतका कामका लागि नेकपा (एमाले) का सचिव गोकर्ण विष्टको संयोजकत्वमा एक महिने राष्ट्रिय स्वयंसेवक परिचालन अभियान २५ जिल्लाको ७६ निर्वाचन क्षेत्रमा सञ्चालन गरेको थियो । ‘नेपाली योजना, अन्तर्राष्ट्रिय साथः राज्यको नेतृत्व हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानमा ऐतिहासिक÷पुरातात्विक र विश्व सम्पदा सूचीका पर्यटकीय गन्तव्यहरू स्वयम्भुनाथ, बसन्तपुर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बटुकभैरव, बुंगमतीआदि स्थानमा स्वयंसेवकहरूले महत्वपूर्ण योगदान पु¥याएका छन् । अभियानको क्रममा एक हजारभन्दा बढी शिक्षक, स्वास्थ्यकर्मी र मनोपरामर्शकर्मीहरूले भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा मनोपरामर्श सेवा प्रदान गरिएको छ । यसबाट विद्यालयहरूमा नियमित पठनपाठनको वातावरण व्यवस्थित गर्न तथा विद्यार्थी र शिक्षकहरूलाई अध्ययन÷अध्यापनमा केन्द्रित गराउन महत्वपूर्ण सहयोग पुगेको छ । अभियानले अस्थायी घर २७ हजार २७१ वटा, जोखिमयुक्त भग्नावशेष हटाएर सरसफाइ गरिएको २२ हजार ६३० घर, एकजार १३ वटा विद्यालय÷क्याम्पसहरूका अस्थायी भवन बनाइएको छ । यीमध्ये कतिपय संरचना त धेरै लामो समयसम्म काम लाग्ने स्थायी प्रकृतिका छन् । अस्थायी भवन निर्माणका क्रममा युवा सङ्घ नेपाल उपत्यकाका अध्यक्ष राजेन्द्र श्रेष्ठ मृत्युभएको थियो भने जोखिमपूर्ण काम गर्दा पाँच दर्जनभन्दा बढी स्वयंसेवकहरू कार्यक्षेत्रमा गम्भीर घाइते भएको एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियानमा तराईमा रहेका स्वयमसेवक आएर पहाड र हिमाली क्षेत्रमा आएर अस्थायी बास निर्माण गरेका र महिलाहरू आफै जोखिमपूर्ण घर भत्काएर नयाँ निर्माणमा अग्रसर भएका थिए । दैनिक २४ सयभन्दा बढी स्थानमा करिब २९ हजारको हाराहारीमा स्वयंसेवक परिचालन भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?