एक सयभन्दा बढीको ज्यान गएपछि विषाक्त रक्सी बनाउनेहरुमाथि कारवाही सुरु
भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी कम्तीमा पनि एक सय व्यक्तिको मृत्यु भएपछि त्यो मदिरा बनाउनेमाथि कारबाही सुरु भएको समाचार छ । मुम्बई प्रहरीले गएको शनिबार नै सो कम्पनीका केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको थियो । तर उक्त कम्पनीका मालिक पक्राउ परेका थिएनन् । बिहीबार ती सबै जनामाथि कारबाही सुरु भएको बताइएको छ । भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनन्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा निर्माण गर्नेलाई कारबाही थालिएको जानकारी दिए । उहाँले यसरी मर्ने व्यक्तिको सङ्ख्या १०० नाघेको र अझै पनि केहीको उपचार भइरहेको बताउनुभएको छ । यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १०० पुग्ने अनुमान पहिला नै गरिएको थियो । गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर एकहप्ता अगाडिदेखि नै मानिसहरू बिरामी पर्न थालेका हुन् । बिहीबारसम्म पनि यस्ता केही बिरामी अस्पतालमा उपचारार्थ रहेका बताइएको छ ।