स्वर्गीय श्रेष्ठका छोराछोरीको शिक्षाको जिम्मा लियो एन्फाले


lalitkrishnaअखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाका तत्कालिन कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठका छोराछोरीको अध्ययनका लागि मासिक रु ५० हजार दिने भएको छ । एन्फाका अध्यक्ष तथा सभासद् गणेश थापाको अध्यक्षतामा यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो । स्वर्गीय श्रेष्ठको गत जेठ २९ गते करेन्ट लागेर निधन भएको थियो । उच्च शिक्षा हासिल नगरेसम्म स्वर्गीय श्रेष्ठका छोराछोरीलाई उक्त सहयोग गरिरहने एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?