सदनको सर्वोच्चता आवश्यक छ–डा कोइराला
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानमा व्यक्तिको नभएर सदनको सर्वोच्चता आवश्यक हुने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घले सदरमुकाम तानसेनमा आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले संविधान निर्माणको धेरै काम सम्पन्न भएकाले अब नेपाली जनताले समयमा नै संविधान जारी हुने बताउनुभयो । कार्यक्रममा नेका केन्द्रीय सदस्य राजनप्रसाद पन्त र श्याम घिमिरे, पार्टी जिल्ला सभापति वीरबहादुर रानालगायतले पार्टीका नेताले विवेकशील भएर जनतालाई अधिकार प्रयोग गर्न दिए पार्टी एक ढिक्का भएर अगाडि बढाउन सकिने धारणा राख्नुभएको थियो ।