जब एघार घण्टासम्म चल्यो आतंकवादीको ताण्डव
उत्तरी भारतको पञ्जाब प्रान्तको गुर्दासपुर जिल्लामा सोमबार भएको आतङ्कवादी आक्रमणमा परी कम्तिमा ८ प्रहरीसहित १५ जनाको ज्यान गएको छ । उक्त घटनामा पाँच जना घाइते भएको पनि खबर छ ।स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ः३० बजे भारत¬–पाकिस्तान सिमानानजिकै भएको उक्त हमलामा सैनिक पोसाकमा आएका चार जना आतङ्कवादीहरुको संलग्नता भएको जनाइएको छ । उनीहरुसँग स्थानीय भारतीय सुरक्षाकर्मीको करिब एघार घण्टा भिडन्त भएको थियो । यसपछि दुई आतंकवादीलाई सुरक्षाकर्मीले गोल्ी हानी मारिदिएका छन् भने एक महिला भने घाइते भएको बताइएको छ । उनीहरुले आक्रमण गर्नुभन्दा पहिले एउटा कारलाई आफ्नो कब्जामा लिई यात्रुवाहक बसमाथि अन्धाधुन्द गोली चलाएका थिए । पछि दिनानगरको प्रहरी कार्यालयमाथि पनि आक्रमण गरेका थिए । उनीहरु प्रहरीको प्रत्याक्रमणमा मारिएका छन् ।