वैद्य र ठाकुर पुगे बालुवाटार, वैद्यले बुझाए जनसंविधानको खाका


vaidhyaप्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखन प्रक्रियामा असन्तुष्ट रहेका नेकपा–माओवादी र तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)का नेतासँग छलफल गर्नुभयो । प्रधानमन्त्री कोइरालाले माओवादीका अध्यक्ष मोहन वैद्य र तमलोपाका अध्यक्ष महन्थ ठाुकरसँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले छिटो संविधान बनाएर मुलुकलाई समृद्धितर्फ लैजानुको विकल्प नभएको भन्दै संविधान लेखनमा सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो । प्रधानमन्त्रीले संविधान लेखन प्रक्रिया लम्बिँदै जाँदा मुलुक अस्थिरतातर्फ जाने भएकाले आफ्ना अडान छोडर सहमतिको बाटोमा आउन माओवादी अध्यक्ष वैद्यलाई आग्रह गर्नुभएको थियो । भेटमा अध्यक्ष वैद्यले अहिलेको प्रक्रियाबाट संविधान लेखिए आफूहरुलाई मान्य नहुने बताउँदै सर्वदलीय राजनीतिक सभाबाट संविधान लेख्नुपर्ने पार्टीको अडान दोहो¥याउनुभएको थियो । संविधान आउँदा जनताले आमूल परिवर्तनको अनुभूति गर्न पाउनुपर्नेमा संविधानको प्रस्तावित मस्यौदा हेर्दा जनता निराश हुने अवस्था आएको र त्यसलाई सच्याउन जरुरी रहेका वैद्यको भनाइ थियो । नयाँ संविधानका अन्तरवस्तुबारे माओवादीले तयार पारेको ५१ बुँदे प्रस्ताव माओवादी अध्यक्ष वैद्यले प्रधानमन्त्री कोइरालालाई बुझाउनुभएको थियो । प्रधानमन्त्री कोइरालाले तमलोपाका अध्यक्ष ठाकुरसँग बालुवाटारमा भेटवार्ता गर्नुभयो । mahanthaठाकुरसँग प्रधानमन्त्री कोइरालासहित चार दलका शीर्ष नेताहरुले संविधान लेखन प्रक्रियामा सघाउन आग्रह गर्नुभएको थियो । भेटमा संवादमार्फत मधेसी दलले राखेका मागहरु समाधान गर्न आफूहरु तयार रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले आन्दोलनमा नजान आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?