तालिवान नेता मुल्ला ओमारको मृत्युमा जुहारी, जीवितै कि मृत ?
भूमिगत अधिकारी तालिवान नेता मुल्ला मोहम्मद ओमार ‘मारिएको’ एक अफगानी सुरक्षा अधिकारीले बुधबार जनाएका छन् । आफ्नो नाम गोप्य राख्ने सर्तमा अफगानी सुरक्षाकर्मीले ओमारको ‘मृत्यु’ भएको जनाएका छन् । ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनीले अफगानिस्तानका ११ औँ राज्य प्रमुखका रूपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए । तर, तालिवान समूहका प्रवक्ता जुबिहुल्लाह मुजाबिदले यसको कडा रूपले खण्डन गर्दै भने यो सूचना कुनै तथ्यमा आधारित नभएको भन्दै आफ्नो नेता ‘जीवित’ रहेको जनाए ।