अन्ततः आतंकवादको आरोप लागेका मेननलाई फाँसीमा झुण्ड्याइयो


menonमुम्बई हत्याकाण्डका एकजना अभियुक्तलाई बिहीबार भारतमा मृत्युदण्ड दिइएको समाचार छ । याकुब मेनन नाम गरेका ती अभियुक्तलाई भारतको पश्चिमी राज्य महाराष्ट्रको नागपुर जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको हो । उनलाई उक्त जेलमा बिहीबार बिहान करिब ७ बजे झुन्ड्याइएको समाचारमा जनाइएको छ । सो समाचार भारतीय विद्युतीय सञ्चारमाध्यमहरुले बिहीबार दिनभर प्रशारण गरिरहेका छन् । उनलाई बिहान ७ बजे नागपुरको एक जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको समाचारको भारतीय सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । उनी भारतका मुम्बई सहरमा सन् १९९३ मा भएको शृङ्खलाबद्ध हमलाका दोषी थिए । उनको ती बम हमलामा मुख्य हात रहेको बताइएको थियो । उनले आफ्नो मृत्युदण्डको सजायको खारेजीका लागि पछिल्लो तथा अन्तिम पटक गरेको अपिललाई भारतीय सर्वाेच्च अदालतले अस्वीकार गरिदिएको थियो । सो अदालतले उनको अपिल खारेज गरेको केही समयपछि नै उनलाई मृत्युदण्ड दिइएको सञ्चारमाध्यमले दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?