दार्जिलिङमा पहिरोबाट २१ को मृत्यु


darjeelingचियाका लागि प्रसिद्ध भारतीय सहर दार्जिलिङमा भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । सो पहिरोमा परी अझै पनि कैयाँै व्यक्ति हराइरहेको प्रहरीले बुधबार जानकारी दिएको छ । पश्चिम बङ्गाल राज्यको मिरिक, कालिम्पोङ्ग र दार्जिलिङमा भिरालोमा बनेका भवनहरूमा प्रायः पहिरोले सताउने गर्दछ । दार्जिलिङगका प्रमुख जिल्ला प्रहरी अमित पि जभाल्गीका अनुसार उद्धारकर्ताहरूले मिरिकबाट १३ वटा शव, कालिम्पोङ्गबाट पाँच र दार्जिलिङगबाट तीन वटा शव पहिरो प्रभावित क्षेत्रबाट निकालेका छन् । त्यसैगरी कालिम्पोङ्गहमा १५ व्यक्ति बेपत्ता भएका पनि जभाल्गीले बताउनुभएको छ । सो सहरहरूमा पहिरोमा परी १०० घर ध्वस्त भएका र कैयौँ व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको जनाइएको छ । मिरिक र कालिम्पोङ्गमा पहिरो पन्छाउने काम जारी राखिएको पनि जभाल्गीले बताउनुभएको छ । पश्चिमी भारतीय राज्य गुजरातमा पनि यसै मौसमी वर्षाका कारण कम्तीमा ५५ व्यक्तिको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?