भोट हाल्नुअघि हेर्नैपर्ने यी अन्तर्वार्ता
एनआरएन अष्ट्रेलियाको यस पटकको चुनावमा नेतृत्वको महत्वपूर्ण पदमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुहुने भरत पोखरेल र सुरेन्द्र सिग्देल अनि सचिव पदमा प्रतिस्पर्धामा रहनुभएका तोनु घोताने र स्वतन्त्रप्रताप शाहसँग एमएनटीभीले चुनावमै केन्द्रित रहेर कुराकानी गरेको छ । चुनावी एजेन्डा मात्र होइन हामीले सोधेका छौं अष्ट्रेलियामा रहेका नेपाली समूदायका लागि के गर्नुहुन्छ ? दोश्रो पुस्ताका नेपालीलाई एनआरएन अभियानतर्फ आकर्षित गर्न, समूदायका लागि सक्षम बनाउन के योजना छ ? विद्यार्थी धेरै छन् अष्ट्रेलियामा तर, चुनावी माहोलबाट उनीहरु बाहिर परे यस पटक । उनीहरुलाई समेट्ने के छ योजना ? निर्वाचन शनिबार छ । शनिबार भोट हाल्नुअघि एकपटक यी अन्तर्वार्ता हेर्नुभयो भने पक्कै पनि तपाईंलाई निर्णय गर्न सजिलो हुनेछ ।
सुरुमा एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका प्रत्यासी सुरेन्द्र सिग्देलसँगको अन्तर्वार्ताका लागि यो लिंकमा क्लिक गर्नुहोस्
अब अध्यक्षका प्रत्यासी भरत पोखरेलसँगको अन्तर्वार्ताका लागि यहाँ जानुहोस्
सचिव पदका लागि प्रतिस्पर्धामा रहनुभएका वर्तमान उपाध्यक्ष स्वतन्त्रप्रताप शाहसँगको कुराकानी हेर्न यो लिंक खोल्नुहोस्
सचिव पदकै प्रत्यासी तोनु घोतानेले के के योजना ल्याउनुभएको छ त ? थप जानकारी यो लिंकमा
पक्कै पनि तपाईंले आगामी नेतृत्वको छन यहाँ पाउनुभयो होला ? आफ्ना जिज्ञासाको जवाफ भेट्नुभयो होला भन्ने हामीले आशा गरेका छौं ।