एनआरएन चुनावी चहलपहल, मतदातालाई आपूmतर्फ आकर्षित गर्ने प्रयत्न जारी
एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि नेतृत्व छान्न निर्वाचन सुरु भएको छ । सबै राज्यमा चुनावी माहोल देखिएपनि सिड्नीमा भने विशेष अवस्था देखिन्छ । उत्साहका साथ उम्मेद्वार, मतदाता चुनावमा सहभागी भइरहेका छन् । विहान ८ बजे अघि नै मतदान केन्द्रमा उम्मेद्वारहरु पुगेका थिए । निकै सद्भाव र सौहाद्र्ररुपमा अध्यक्षका प्रत्यासी भरत पोखरेल र सुरेन्द्र सिग्देलले आफ्नो विवेकको मत प्रयोग गर्न संयुक्त रुपमा आह्वान गर्नुभएको छ । सिड्नीमा अधिकांश उम्मेद्वारहरु देखिन्छन् । सबैभन्दा धेरै मतदाता रहेको न्यू साउथवेल्समा ब्रिसबेनबाट सचिव पदमा उम्मेद्वार बन्नुभएका स्वतन्त्रप्रताप शाह, भिक्टोरियाबाट सचिवको पदमा उम्मेद्वार बन्नुभएका तोनु गोताने लगायत पनि सिड्नीमा नै देखिनुभएको छ । स्वयंसेवकहरु, निर्वाचन पर्यवेक्षक, मतदाता र उम्मेद्वार तिनको सहयोगी र समर्थकका कारण निर्वाचन बुथमा निकै भीड देखिन्छ । विहानैको कठ्यांग्रिदो चीसोबाट सुरु भएको एनआरएन निर्वाचनको सरगर्मी विस्तारै बढ्दै गएको छ भने साँझ ६ बजेसम्म यो चल्नेछ । अहिले पनि उम्मेद्वारहरु मतदान कार्यालयभन्दा अलि पर तोकिएको क्षेत्रबाहिर चुनावी प्रचार गर्दै आफ्नातर्फ मतदाता आकर्षित गर्न विभिन्न प्रयास गरिरहेका छन् । यसैबीच एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले एक सन्देश जारी गर्दै स्वतन्त्र निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्न र आफ्नो विवेकको प्रयोग गरी स्वच्छ, ईमान्दार र आगामी नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । यसैगरी एनआरएनका क्षेत्रीय संयोजक विष्णु हमालले पनि सन्देश जारी गर्दै भन्नुभएको छ, ”चुनाब एऊटा प्रजातांत्रिक अभ्यास हो । सच्चा समाजसेवी लाई जित र पद नै ठुलो नहुनु पर्छ १ चुनाबी सफलता र असफलता लाई ठुलो ईसु नबनाई, नेपाल र नेपालीको साझा हकहितको लागि फुटेर होईन, जुटेर एकसाथ अगाडि बढ्ने प्रण हामी सबैले गरौं ” यसैगरी एनआरएन प्रवक्ता मन केसीले पनि एक सन्देश प्रकाशित गर्दै मतदान जस्तो लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । स्वतन्त्र निष्पक्ष निर्वाचनको माध्यमबाट ऊर्जाशिल नेतृत्व चुन्ने सफलता मिलोस् भन्ने कामना पनि गर्नुभएको छ।