लिबियामा कार बम बिस्फोट
लिबियाको पूर्वीसहर डेर्नामा भएको एक कारबम विस्फोटमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य १५ जना घाइते भएका त्यहाँ राष्ट्रिय समाचार समिति लानाले जनाएको छ । सो आत्मघाती आक्रमण हो । सो आक्रमणमा घाइते भएकाहरुमा महिला र बालबालिका पनि रहेका डेर्नाको स्थानीय र चिकित्सक स्रोतलाई उद्धृत गर्दै लानाले जानकारी दिएको छ । यो आक्रमण स्थानीय नागरिक सेना र इस्लामिक स्टेट समूहका लडाकूबीच भएको झडपपछि भएको बताइएको छ । लामो समयसम्म शासन सत्ता सम्हालेका तानाशाह मोअमर कद्दाफिलाई सन् २०११ सत्ताबाट हटाइएपछि विरोध प्रकट भएको पाइन्छ ।