नेपाल र नामिबिया क्रिकेट : पानीले धोका दिएपछि …
उत्तरी आयरल्याण्डमा जारी विश्व टि–ट्वान्टी क्रिकेट छनोटअन्तर्गत नेपाल र नामिवियाबीचको खेलमा दुबै टिमले अंक बाँडेका छन् । वर्षाका कारण पटक पटक अवरुद्ध भएपछि १७ ओभरमा छोट्याइएको थियो । वर्षा भएपछि झण्डै डेढघण्टा ढिलो गरी सुरु भएको खेल सात ओभर सकिँदा पुनः वर्षा भएर रोकिएपछि अहिले १७ ओभरमा छोट्याइएको क्यानले जनाएको छ । सात ओभरको खेल सकिँदा नामिवियाले एक विकेटको क्षतिमा ५४ रन बनाएको थियो । नेपालका लागि पारस खड्काले एक विकेट लिएका थिए । यसअघि टस जितेर नेपालले नामिवियालाई ब्याटिङको निम्तो दिएको थियो । तर खेल सुरु हुनुअगावै वर्षा भएपछि खेल डेढघण्टा ढिला सुरु भएको थियो । खेल तालिकाअनुसार ७ बजेदेखि सुरु हुनुपर्ने थियो । तर, केहीबेर पानी रोकिएपछि सुरु भएको खेलको बीचैमा फेरि पानी परेपछि खेल स्थगित गरी दुबै टिमलाई अंक बाँडिएको थियो । यसैसँग नेपाल समूहचरणमा सबैभन्दा माथिल्लो स्थानमा रहेको छ ।