संविधानमा २१ जुलाईभित्र सुझाव दिन अष्ट्रेलियावासी नेपालीलाई दूतावासको आग्रह
नयाँ निर्माण हुन लागेको नेपालको संविधान २०७२ को मस्यौदामा आफ्नो प्रतिक्रिया र सुझाव दिनका लागि नेपाली दूतावासले अष्ट्रेलिया तथा ओसेनिया क्षेत्रमा बसोबास गर्ने स्म्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ । क्याबेरामा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि आग्रह गरेको छ । अष्ट्रेलियासहित न्इूजिल्याण्ड, फिजीसमेत हेर्ने दूतावासले ति क्षेत्रमा रहेका नेपालीहरुलाई सुझाव दिने कार्यलाई सहजकर्ताको भूमिका निर्वाह गरिदिन संघ संस्थाहरुलाई समेत अनुरोध गरेको छ । यसरी दिइने सुझावलाई प्रत्यक्ष रुपमा नेपाल सरकार परराष्ट्र मन्त्रालयको ईमेल [email protected] मा अथवा दूतावासको ईमेल [email protected] मा समेत पठाउन दूतावासले विशेष आग्रह गरेको छ । यसरी रायसुझाव पठाउने अन्तिम मिति २१ जुलाई भएकोले त्यसअगावै पहिलो मस्यौदामा आफ्ना सुझाव दिन पनि दूतावासले आग्रह गरेको छ । थप जानकारी यो विज्ञप्तिमा हेर्नुहोस् ।