पोल्यान्डमा करिब दुई सय व्यक्ति प्रतिबन्धित औषधि सेवनबाट बिरामी


polandपोल्यान्डमा करिब २०० व्यक्ति प्रतिबन्धित औषधि सेवन गरेका कारण बिरामी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको त्यहाँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । स्ट्रोङम्यान नामक उक्त प्रतिबन्धित औषधि ‘डिजाइनर ड्रग’ को सेवनको प्रयोगबाट उनीहरु बिरामी भएको जनाइएको छ । पोल्यान्डका प्रधानमन्त्री ऐवा कोप्याक तथा स्वास्थ्यमन्त्री म्यारियन जम्बेलाले पत्रकार सम्मेलन गरी ‘डिजाइनर ड्रग’ को सेवन गरी बिरामी भएको पुष्टि गरेका छन् । यसैबीच आन्तरिक मामिलामन्त्री टेरेसा पेट्रोस्काले प्रहरी प्रमुखसँग भेटी प्रतिबन्धित औषधिको कारोबारविरुद्ध कारबाही अगाडि बढाउन निर्देशन दिनुभएको छ । अहिलेसम्म त्यस्ता औषधिको कारोबार गरेको शङ्कामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?