चाँदीको धुलोसहित पक्राउ परे भारतीय नागरिक


/f]lsPg rfFbL t:s/L M kfFr lsnf] ca}w rfFbL ;lxt kqmfp k/]sf ef/t ljxf/sf] /S;f}n gu/kflnsf jf8{ gDa/ !& kG6f]sf lgjf;L ljgf]b k|;fb snjf/nfO{ d+unaf/ ;fj{hlgs ub}{ c~rn k|x/L sfof{no gf/fo0fL jL/uGhsf clwsf/Lx? . tl:j/ M laho s’df/ dxtf] ÷/f;; ÷k;f{

पाँच किलो अबैध चाँदी सहित पक्राउ परेका भारत विहारको रक्सौल नगरपालिका वार्ड नम्बर १७ पन्टोका निवासी विनोद प्रसाद कलवारलाई सार्वजनिक गर्दै अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका अधिकारीहरु ।
पाँच किलो अबैध चाँदी सहित पक्राउ परेका भारत विहारको रक्सौल नगरपालिका वार्ड नम्बर १७ पन्टोका निवासी विनोद प्रसाद कलवारलाई सार्वजनिक गर्दै अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका अधिकारीहरु ।

नेपाल–भारत सिमानाबाट प्रहरीले रु तीन लाख मूल्य बराबरको अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयास्थित सीमा क्षेत्रबाट अवैध चाँदीसहित भारत विहारको रक्सौल नगरपालिका पन्टोका निवासी विनोदप्रसाद कलवारलाई पक्राउ गरेको हो । नेपालबाट भारततर्फ चाँदी तस्करी भइरहेको गोप्य सूचनाका आधारमा अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारततर्फ जान लागेका कलवारलाई रोके तलाशी लिएको थियो । शरीरमा लुकाइछिपाई राखिएको पाँच किलो तौल बराबरको चाँदी बरामद भएपछि आवश्यक काराबाहीका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?