इरान आणविक सम्झौताको विश्व नेताहरुबाट प्रशंसा


obamaअमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाको लागि नवीनतम् सुरुवात भएको बताउनुभएको छ । “सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ । हामी सबैले यसलाई अनुशरण गर्नु पर्छ ।” अमेरिकी राष्ट्रपति ओवामाले भन्नुभयो । यसैबीच राष्ट्रसङ्घका महासचिव बानकी मुनले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौतालाइृ मुक्तकण्ठले प्रशंसा गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वा ले जनाएको छ । इरानले आणविक विषयमा महासचिव मुनले भियनामा भएको इरानको आणविक विषयमा “ऐतिहासिक सहमतिको स्वागत गर्दै यो संवादबाट आउनसक्ने परिणामको एक कडी भएको जनाउनुभएको छ ।” फ्रान्सका राष्ट्रपति फेन्कोइस होल्यान्डेले इरानको आणविक कार्यक्रमका सम्बन्धमा भएको सम्झौता संसारको उन्नतिका लागि मार्गचित्र भएको जनाउनुभएको छ । अब इरानले समृद्ध आर्थिक सामथ्र्य राख्नसक्ने छ किनकी उ माथि कुनै किसिमको बन्देज रहने छैन । आफ्नो टेलिभिजन संवादमा फ्रान्सेली राष्ट्रपति होल्यान्डेले बताउनुभयो । उहाँले थप्नुभयो, ‘इरानले अब आफू सिरियामा भइरहेको युद्ध अन्त्य गर्न विश्वजगत्को प्रयासमा सहयोग गर्नुपर्छ ।’ अष्ट्रियाको भियनामा भएको छलफलमा विश्वका मुख्य छ शक्तिराष्ट्र चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिका साथै इरानले गत दुई हप्तादेखि विभन्न चरणमा छलफल गरेका थिए । अन्तत छलफल एक सय पाना लामो सम्झौता गरी टुङ्गिएको हो । सम्झौताको इरानी जनताले पनि स्वागत गरेको त्यहाँका समाचार माध्यमहरूमा जनाइएको छ ।यद्यपि त्यहाँका राजनीतिक दल भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । त्यसैगरी बेलायतले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौतालाई ऐतिहासिक आणविक सहमति भनेको छ । बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले मङ्गलबार करिब एक दशक लामो समन्वयात्मक छलफलपछि गरिएको उक्त सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले भन्नुभयो, “इरानले सहमतिका लागि विशेष पहलकदमीका साथ काम गरेको छ । अब अन्तर्राष्ट्रिय समुदायले पनि इरानमाथि लगाइएको बन्देजहरू फुकुवा गर्नुपर्छ ।” उता, इजरायली प्रधानमन्त्रीले भने इरानसँग भएको सम्झौता जेरुसेलमका लागि बाध्यकारी हुन नसक्ने प्रतिक्रिया दिनुभएको एएफपीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?