हामीले हो कालोमोसो दलेको रञ्जित कर्णलाई


IMG_2073नेविसंघका अध्यक्ष एवं काँग्रेसको तर्फबाट संविधानसभाका सभाषद् रञ्जित कर्णलाई कालोमोसो दलेको भनेर विविध टिप्पणी भइरहँदा एक समूहले आपूmहरुले कालोमोसो दल्नुको कारण स्पष्ट पारेको छ । साथै, उक्त समूहले हतियार लिएर आपूmहरु नगएको । बरु अनर्गल प्रचार गरिएको भन्दै नेतृत्वले पनि पटक पटक आपूmहरुको कुरा नसुनेको दाबी गरेको छ । आफैं उपस्थित भएर निर्वाचित नेतृत्वलाई बर्खास्त गर्दै पैसाको लोभमा अर्को व्यक्तिलाई टीके प्रचलनबाट नेतृत्वमा ल्याउन खोजेको, नेविसंघको केन्द्रीय सदस्य बनाए वापत ३ लाख प्रतिव्यक्ति लिने गरेको लगायतका आरोप कर्णमाथि लगाइएको छ । उनीहरुको विज्ञप्ति जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

आदरणीय पत्रकार महोदय,

नेपाल विद्यार्थी संघ प्रजातान्त्रिक विधि र पद्धतिलाई अङ्गीकार गरी विद्यार्थी हकहित, शैक्षिक गुणस्तर र अग्रगामी राजनैतिक परिवर्तनमा उभिएको नेपालको सबैभन्दा अग्रणी संगठन रहेको इतिहास सबैमा सर्वविदित नै छ  । यसै क्रममा मिति २०७२।०३।२९ गते नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णमाथि ने.इ.क. इकाईमा आवद्ध साथीहरुद्वारा भएको कालो मसी प्रकरण सम्बन्धी आएको अनगरल प्रचारप्रति हाम्रो इकाईको गम्भीर ध्यानाकर्षण भएको छ । एउटा क्याम्पसको निर्वाचित कार्यसमितिमाथि सिंगो ने.वि.संघको अध्यक्ष पद सम्हालेको व्यक्तिले पटक पटक हस्तक्षेप गर्नु, विधिसम्वत् अधिवेशनमा जान खोज्दा जबर्जस्ती विविध वाधाहरु सिर्जना गरी प्रक्रियालाई रोक्न खोज्नु, इकाईले विद्यार्थीको आवाज उठाउन खोज्दा पटक पटक आर्थिक कुरामा लगेर आन्दोलन बिसाउनु, इकाईलाई अनावश्यक दबाव दिनु र यी कुराहरु पटक पटक पार्टीका नेतामा पु¥याउँदा समेत कुनै सुनुवाई नहुनु पछिको बाध्यात्मक परिस्थिति सबैले बुझ्नु जरुरी छ । यो समस्याको भोगाई ने.वि.संघ नेपाल इञ्जिनियरिङ कलेज इकाईको मात्र होइन, हामीजस्ता पीडित अनगिन्ती इकाईहरुको पनि साझा प्रतिनिधित्व हो भन्ने हामीलाई लाग्छ ।

आदरणीय पत्रकार मित्रहरु !

Ranjit Karnaयो घटनाको सिर्जना कसरी भयो भन्ने बुझ्नु जरुरी छ । ने.बि.संघ, ने.इ.क. इकाईको पाँचौ अधिवेशनमा विधिवत निर्वाचन मार्फत स्वयं रञ्जित कर्णको उपस्थितिमा श्री खगेन्द्र कार्की अध्यक्षमा चयन हुनुभएको हो । यस कार्यसमितिलाई रञ्जित कर्णले पटक पटक मोटो आर्थिक सहयोग गर्न दबाव दिने, बिद्यार्थीको जायज मागलाई ओझेलमा पार्न खोज्ने जस्ता कार्य भयो । यस कार्यसमितिले विधिवत अधिवेशन गर्न खोज्दा केन्द्रिय प्रतिनिधि नपठाउँने, प्रक्रियामा अगाडि बढ्न नदिने जस्ता कार्य गरियो । हाल इं.सं. २०१६ को नयाँ भर्नाको क्रममा ने.बि.संघ ने.इ.क. इकाईले शुल्क बृद्धि गर्न नमानेपछि उक्त शुल्क बृद्धि गर्न सहयोग गर्ने शर्तमा क्याम्पस प्रमुखसँगको उपस्थितिमा मोटो रकम लिएर नयाँ व्यक्तिलाई टिके प्रथाद्वारा अध्यक्षको चिठी दिने कार्य गरियो । जुन कार्य न त ने.वि.संघको विधि, विधानभित्र पर्छ न त यसको निन्दा गर्न कुनै उपाय बाँकी रह्यो हामीसँग । यो कुरा न त पार्टीमा सुनुवाइ भयो न त अध्यक्ष रञ्जित कर्णसँग पटक

पटक कुरा गर्ने प्रयास गर्दा सम्भव भयो । हामीले पटक पटक उहाँलाई कार्यालयमा भेट्ने प्रयास गर्दा न त उहाँ कार्यालयमा उपस्थित हुनुभयो न त उहाँले हामीलाई भेट्ने समय नै दिनुभयो । फलस्वरुव विहानै उहाँलाई भेट्न हामी उहाँको निवास जानुपर्ने बाध्यता प¥यो र विषम परिस्थिति सिर्जना भई हामीले बोकेको कलमको मसी उहाँलाई दल्न त्यहाँ जानुभएका ने.वि.संघमा आस्था राख्ने साथीहरु बाध्य भए । जुन घटना लज्जास्पद छ र हामी स्वयं पनि लज्जित छौं ।

आदरणीय पत्रकार वन्धुहरु !

घटनापछि विभिन्न सञ्चार माध्यममा आएको भ्रामक समाचारहरुप्रति हामीलाई अझ दुःख लागेको छ । कलम, किताब बोकेर इञ्जिनियर बन्न हिंडेका हामी विद्यार्थीलाई हतियारधारीको संज्ञा दिइएको कुराको हामी घोर भत्र्सना गर्दछौं । न त हामीसँग हतियार थियो न त हाम्रो नियत अध्यक्षमाथि हातपात गर्ने नै थियो । हतियार बोकेर आएको समूहले आक्रमण गरे भन्ने वयान रञ्जित कर्ण स्वयंले दिनुभयो भन्ने कुराले हामीलाई अझ दुखित तुल्याएको छ । यदि उहाँले नै यो बयान दिनुभएको भए उहाँजस्तो व्यक्ति ने.बि. संघको अध्यक्ष हुनुभयो भन्दा हामीलाई अझ बढी सर्मिन्दा हुन्छ । साथै यस घटनालाई जोडेर ने.वि.संघ एबं नेपाली काँग्रेसका नेताहरुमाथि लगाइएको आरोप पूर्णतः मिथ्या रहेको जानकारी गराउँदछौं । हामीभित्रको पीडा हामीसँगै छ, कसैले हामीलाई सहयोग गर्न सकेका छैनन् । हामीजस्तै पीडितहरुको सामुहिक आवाज बन्न सक्छौं भनेर हामी लागेका छौं । त्यसैले हामीसँग जोडेर कुनै आदरणीय अग्रज नेताहरुको चरित्रहत्या गर्ने प्रयास नगरियोस् । यति मात्र नभई अध्यक्ष रञ्जित कर्णले संगठनको झण्डाको नाउँमा गरेका कर्तुतहरु जसको हामीले सधै विरोध ग¥यौं, ती हुन् –

१.    डा. गोविन्द के.सि. को अनसन रोक्न मेडिकल माफियाबाट पैसा खाएर भरमग्दुर कोशिस गरेको ।

२.    पोखरा विश्वविद्यालयमा विद्यार्थीको पक्षमा उठाएका मुद्धालाई क्याम्पस सम्बन्धनसँग जोडर मोटो रकम चलखेल गरी विश्वविद्यालयको शैक्षिक कार्यतालिका नै १ बर्षभन्दा बढी पछाडि धकेल्ने गरी तुहाइएको ।

३.    निजी शैक्षिक संस्था, स्वास्थ्य सेवा, व्यापारिक संस्थाहरुमा चिठी काटेर नै चन्दा संकलन गरेको ।

४.    महाधिवेशनको मिति तोक्ने, यसैका नाममा चन्दा उठाउने, महाधिवेशन नगर्ने र उठाइएको पैसा पारदर्शी नगर्ने गरेको ।

५.    निजी शैक्षिक संस्थामा विदेशी नाम राख्न नपाइने भनेर आन्दोलन शुरु गरेको तर सञ्चालकसँग पैसा लिँदै आन्दोलन टुंगोमा नपु¥याएको ।

६.    पुनः निर्माणका नाममा व्यापक पैसा असुल गरेको तर काम केही नगरेको ।

७.    ६ महिनाभित्रमा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सहित अध्यक्ष बनेको तर साँढे तीन बर्षसम्म अधिवेशनको शुरसार नगरी पदमा लिसो टाँसिए जसरी बसेको ।

८.    ३ महिना अगाडि मात्र पैसा खाएर केन्द्रिय सदस्य नियुक्त गरेको ।

९.    देशभरि विभिन्न जिल्ला र क्याम्पसहरुमा पैसा लिएर पुराना नेतृत्वलाई विघटन गरेको भन्दै नयाँ इकाई अध्यक्ष नियुक्त गरेको ।

१०.   इकाई अध्यक्ष बन्नका निम्ति ५० हजार, जिल्ला अध्यक्ष बन्नका निम्ति १ लाख र केन्द्रिय सदस्य बन्नका निम्ति ३ लाख लिएर नियुक्त गरेको ।

अन्त्यमा यी समस्याहरु पार्टीमा पटक पटक पु¥याउँदा कतैबाट पनि सुनुवाई नहुनु र अध्यक्ष कर्णले सिंगो संगठन र विद्यार्थी आन्दोलनप्रति वितृष्ण पैदा गराई संगठनको औचित्य समाप्त पार्न खाजेकाले त्यस्तो कर्तुत रोक्न गरिएको यो कदम हाम्रो मात्र नभई हामीजस्तै पीडित सबै ने.वि.संघको साझा कदम हो भन्ने हामीले सम्झेका छौं । भविष्यमा जो कोही अध्यक्ष बने पनि संगठनको विधि, विधान भन्दा बाहिर जान नसकोस् भन्ने चेतनावनी पनि हो । यसै विज्ञप्तिमार्फत केही स्वार्थी व्यक्तिलाई सहयोग गरी यस महाभूकम्पको कारणले पैदा भएको विपत्तिको समयमा १ लाखभन्दा बढी शुल्क बृद्धि गर्न खोज्ने क्याम्पस प्रशासनलाई समेत उक्त कदम तत्काल फिर्ता नलिए ने.बि.संघ ने.इ.क. इकाईले भण्डाफोरसहित कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन चाहन्छौं ।

जय नेपाल !

–––––––––––––

अशेष श्रेष्ठ

सचिव

ने.वि.संघ, ने.इ.क. इकाई

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?