गाई मारेको अभियोगमा तामाङ पक्राउ


cowसिन्धुपाल्चोकको इचोक–२ बाट गाई मारेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । गाईको टाउकामा चिर्पटले हानी मारेर काट्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले स्थानीयवासी ६६ वर्षीय खेन्द्र तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।सो ठाउँमा प्रहरी पुग्दा तामाङले मारिएको गाईलाई गोठमा स्याउलाको पत्करले छोपी राखेको अवस्थामा भेट्टाएको थियो । गाई/गोरु मारेको अभियोग प्रमाणित भए १२ वर्षसम्म कैद सजायको व्यवस्था हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?