ईराकमा आत्मघाती ट्रक बम बिस्फोटमा १ सय २० को मृत्यु


iraq bombईराकमा भएको आत्मघाती बम हमलामा १ सय २० जनाको मृत्यु भएको छ । पूर्वी ईराकको एक व्यस्त बजारमा बरफ बेच्दै गरेको ट्रकमा बिस्फोट भएको थियो । घटनामा १ सय ६० जना अरु घाइते भएका छन् । दियाला प्रान्तका गभर्नर मुथाना अल तमिमिले दिएको जानकारी अनुसार बिदाको बेला गराइएको यो बिस्फोटको जिम्मेवारी आईएसएसले लिएको छ । बग्दादबाट ३५ किलोमिटरको मात्रै दूरीमा रहेको यस ठाउँमा ईद उल फित्रको खुशीयालीमा रमाइरहेका स्थानीय अचानक हिंसाका चपेटामा परेका थिए । उहाँका अनुसार मृत्यु हुनेमा १४ बालबालिका र १३ महिला समेत छन् । तस्वीरमा बिस्फोट भएको ठाउँमा ठूलो खाल्डो परेको देख्न सकिन्छ भने ठूलो आवाजका साथ धुँवाको मुस्लो निस्केको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?